२०८३, आश्विन ९ गते

काठमाडौँ महानगर र नेपाल टेलिकमबीच सीसीटिभी नेटवर्क सम्झौता

आइतवार , कार्तिक २३, २०८२

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रमा जडान हुने सीसीटिभी क्यामराका लागि आवश्यक नेटवर्क सेवा नेपाल टेलिकममार्फत सञ्चालन गर्ने सम्झौता गरेको छ। शुक्रबार महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र नेपाल टेलिकम प्रादेशिक कार्यालय वागमतीका निर्देशक इन्दल यादवले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। अप्टिकल फाइबरमार्फत नेटवर्क सुविधा सम्झौता अनुसार, नेपाल टेलिकमले महानगरपालिका र वडा कार्यालयहरूमा जडान हुने सीसीटिभी नेटवर्कका लागि अप्टिकल फाइबर (FTTH) मार्फत लोकल इन्ट्रानेट सेवा उपलब्ध गराउनेछ। यससँगै टेलिकमले मर्मत सम्भार, आकस्मिक क्षतिको पुनःस्थापना, प्राविधिक सहयोग, सेवा विस्तार र नेटवर्क निगरानी गर्ने जिम्मेवारी पनि लिनेछ। सेवा अवरुद्ध हुँदा समस्या पहिचान गरी तत्काल समाधान गर्ने र आकस्मिक अवस्थामा सेवाको निरन्तरता सुनिश्चित गर्ने दायित्व समेत टेलिकमले वहन गर्नेछ। उपकरण महानगरले, नेटवर्क सेवा टेलिकमले महानगरपालिकाले सीसीटिभी क्यामरा, राउटर लगायतका उपकरणहरू उपलब्ध गराउनेछ भने टेलिकमले उच्च गतिको ब्याण्डविथ र प्रविधिगत अद्यावधिक सुनिश्चित गर्नेछ। भविष्यमा सेवा विस्तार आवश्यक परेमा टेलिकमले अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने सहमति गरिएको छ। सर्भेलेन्स रुममा प्रत्यक्ष निगरानी सम्झौताअनुसार, सीसीटिभी क्यामराले कैद गरेका दृश्यहरू महानगरपालिकाको सर्भेलेन्स रुम (निगरानी कक्ष) मा प्रत्यक्ष पठाइनेछन्। यस प्रणालीमा हाल सञ्चालनमा रहेका र नयाँ जडान हुने सबै क्यामरा एकीकृत नेटवर्क प्रणालीमार्फत जोडिने छन्। प्राप्त दृश्यहरूको गोपनीयता कायम राख्ने जिम्मेवारी महानगरपालिकाको रहनेछ। स्वचालित र सुरक्षित राजधानीतर्फ कदम काठमाडौँलाई स्वचालित, सुरक्षित र व्यवस्थित शहर बनाउने उद्देश्यका साथ प्रविधिमा आधारित प्रणाली विकासका क्रममा यो सम्झौता गरिएको हो।महानगरले यस अन्तर्गत वडा, कार्यालय र सार्वजनिक स्थलहरूमा जिगाबिट प्यासिभ अप्टिकल नेटवर्क (GPON) प्रविधिबाट निगरानी प्रणाली विस्तार गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!