२०८३, आश्विन ९ गते

पाँच महिनामा ४ खर्ब ९ अर्ब ७८ करोड राजश्व संकलन, कुन महिनामा कति?

मंगलवार , पौष १, २०८२

चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म पाँच महिनामा ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजश्व संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार पाँच महिनाका लागि ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य राखिएकोमा हालसम्म ७८.७४ प्रतिशत लक्ष्य हासिल भएको छ। https://youtu.be/g06NpbbfY0Y त्यस्तै, मङ्सिर महिनामा ९५ अर्ब २० करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य रहेकामा ८० अर्ब २७ करोड रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यको ८४.३१ प्रतिशत हो। अघिल्लो आर्थिक वर्षको मङ्सिर महिनामा भने ७६ अर्ब ७६ करोड रुपैयाँ राजश्व संकलन भएको थियो। आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ। हालसम्म पाँच महिनामा ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ संकलन भइसकेको छ। यसअघि आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ राजश्व संकलन भएको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!