पोखरा फाइनान्स र समृद्धि फाइनान्स समान हैसियतमा मर्जरमा जाने भएका छन्। संयुक्त मर्जर समितिले १:१ शेयर आदान-प्रदान अनुपात निर्धारण गरेको कम्पनीले जनाएको छ।
दुबै कम्पनीको सम्पत्ति, दायित्व र कारोबारको मूल्यांकन अनुसार तय भएको अनुपातलाई दुबै कम्पनीको संचालक समितिले स्वीकृत गरेको छ। अब दुवै कम्पनीले आ-आफ्नो साधारणसभाबाट मर्जर प्रस्ताव पारित गरी राष्ट्र बैंकमा अन्तिम स्वीकृतिका लागि पेश गर्नु पर्नेछ। फाइनान्सले माघ १४ गते आफ्नो साधारणसभा बोलाएको छ।
यी दुई कम्पनीबीच मर्जरको प्रारम्भिक सम्झौता साउन ४ गते भएको थियो। राष्ट्र बैंकले असोज २७ गते सैद्धान्तिक सहमति प्रदान गरेको थियो। प्रारम्भिक सम्झौताअनुसार मर्जरपछि बन्ने कम्पनीको नाम पोखरा फाइनान्स रहनेछ। केन्द्रीय कार्यालय पोखरा मै रहनेछ भने कर्पोरेट कार्यालय काठमाडौंमा रहनेछ। मर्जरपछि समृद्धि फाइनान्सका अध्यक्ष कम्पनीको अध्यक्ष बनाउने र सीइओमा मर्जर प्रक्रियामा बढी योगदान गर्ने व्यक्तिलाई नियुक्त गरिने बताइएको छ।
चुक्ता पुँजी १ अर्ब ९० करोड नाघ्ने
चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार पोखरा फाइनान्सको चुक्ता पुँजी १ अर्ब ८ करोड २० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५१ करोड रुपैयाँभन्दा बढी रकम सञ्चित छ।
फाइनान्सले करिब ११ अर्ब ८० करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ९ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा समीक्षा अवधिमा १ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यद्यपि, कम्पनीको खराब कर्जा (एनपीएल) ४.३४ प्रतिशत रहेको छ।
समृद्धि फाइनान्सको चुक्ता पुँजी ८१ करोड ८९ लाख रुपैयाँ रहेको छ भने पछिल्लो त्रैमासमा यसले ५० लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। ३ अर्ब २७ करोड निक्षेप सङ्कलन गरी २ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेको समृद्धि फाइनान्सको जगेडा कोष २६ करोड ९४ लाख रुपैयाँले ऋणात्मक रहेको छ।
बराबरी हैसियतमा मर्जर भएपछि बन्ने एकीकृत संस्थाको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँ नाघ्ने छ, जसले कम्पनीको पूँजीगत आधारलाई अझ बलियो बनाउनेछ। अब दुवै संस्थाले मर्जरको अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने र साधारण सभाबाट प्रस्ताव पारित गर्ने प्रक्रिया अगाडि बढाउनेछन्।

प्रतिक्रिया दिनुहोस