नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बानेश्वरमा कार्यालय रहेको बेनी सेक्युरिटिज प्रालिलाई धितोपत्र कारोबार गर्नबाट तीन कार्य दिनका लागि निलम्बन गरेको छ।
सेयर कारोबारको राफसाफ तथा फछ्र्यौट तोकिएको समयभित्र पूरा नगरेपछि नेप्सेले ब्रोकर कम्पनीलाई कारबाहीस्वरूप निलम्बन गरेको हो।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले २०८३ भदौ ३ गते नेप्सेलाई पत्र पठाउँदै बेनी सेक्युरिटिजले राफसाफसम्बन्धी काम पूरा नगरेको जानकारी गराउँदै कारोबार रोक्का गर्न सिफारिस गरेको थियो।
सोही सिफारिसका आधारमा नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२(१)(छ) बमोजिम बेनी सेक्युरिटिजको धितोपत्र कारोबार तीन कार्य दिनका लागि रोक्का गर्ने निर्णय गरेको हो।
नेप्सेले उक्त निर्णयको जानकारी नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा सम्बन्धित अन्य शाखालाई समेत गराएको छ।
प्रतिक्रिया दिनुहोस