२०८३, भाद्र ४ गते

राष्ट्र बैंकका गभर्नर र सञ्चालकको कार्यकाल तीन वर्षमा सीमित गर्ने सहमति

बिहिवार , भाद्र ४, २०८३

नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्षमा सीमित गर्ने विषयमा प्रतिनिधि सभाको अर्थ समितिमा सहमति भएको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि बिहीबार भएको छलफलमा हाल कायम पाँच वर्षको कार्यकाललाई घटाएर तीन वर्षमा सीमित गर्ने प्रस्तावमा सहमति जुटेको हो।

समितिका सभापति कृष्णहरि बुढाथोकीका अनुसार गभर्नरको कार्यसम्पादन सन्तोषजनक देखिएमा थप दुई वर्ष पदावधि बढाउन सकिने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ।

यसअनुसार गभर्नर तथा सञ्चालकको प्रारम्भिक कार्यकाल तीन वर्षको हुनेछ। कार्यसम्पादनका आधारमा गभर्नरको पदावधि बढीमा थप दुई वर्ष कायम गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ।

नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथिको छलफलका क्रममा समितिले केन्द्रीय बैंकको नेतृत्वको कार्यकाल, नियुक्ति र कार्यसम्पादनसँग सम्बन्धित व्यवस्थामाथि छलफल अघि बढाएको हो।
 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!