२०८३, आश्विन १० गते

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

बिहिवार , आश्विन १, २०८३

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँ थियो।

यससँगै एकैदिन सुनको मूल्य ३ लाख रुपैयाँको मनोवैज्ञानिक तहभन्दा तल झरेको छ। आज चाँदीको मूल्यसमेत घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ६० रुपैयाँले घटेर ४ हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६८५ रुपैयाँ थियो।  

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!