२०८३, आश्विन १० गते

दुई दिनमै तोलामा ३ हजार रुपैयाँले घट्यो सुनको मूल्य

मंगलवार , आश्विन ६, २०८३

नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन घटेको छ। मंगलबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेपछि दुई दिनमा सुन ३ हजार रुपैयाँ सस्तिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ९०० रुपैयाँ थियो।

सोमबार पनि सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको थियो। यसअघि आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो।

नेपालमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यका आधारमा निर्धारण हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!