नेपालका लागि निसान सवारीसाधनको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रा.लि.ले अल-न्यू निसान टेकटन (Nissan TEKTON) लाई नेपालमा पहिलो पटक सार्वजनिक गर्ने घोषणा गरेको छ।
आगामी भदौ २७ देखि ३२ गते, २०८३ (अगस्ट ११ देखि १६, २०२६) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने NAIMA Mobility Expo 2026 मार्फत यो नयाँ SUV नेपालमा भित्र्याउन लागिएको हो।
हालै जुलाई ९, २०२६ मा विश्व बजारमा सार्वजनिक गरिएको टेकटन, निसानको पछिल्लो प्रिमियम SUV हो। यसले कम्पनीको निरन्तर विस्तार भइरहेको पोर्टफोलियोमा महत्वपूर्ण स्थान बनाएको छ। प्रभावशाली उपस्थिति, प्रिमियम आराम, अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यसम्पादनको सम्मिश्रणसहित निसानले नेपाली ग्राहकका लागि आफ्नै परम्परागत SUV डिएनए (DNA) को नयाँ स्वरूप पेस गरेको छ।
प्रतिष्ठित निसान प्याट्रोल (Nissan Patrol) बाट प्रेरित र निसानको ७५ वर्ष लामो SUV विरासत बोकेको टेकटनमा आकर्षक बडी लाइन, मस्कुलर डिजाइन, सिग्नेचर C-आकारका LED हेडल्याम्प र प्रभावशाली रोड प्रेजेन्स रहेको छ। इन्जिनका हिसाबले यसमा १००% टर्बोचार्ज्ड इन्जिन लाइनअप (टर्बो T160 पावरट्रेन) प्रयोग गरिएको छ, जसले द्रुत एक्सेलेरेशन, शक्तिशाली प्रदर्शन र उच्च इन्धन दक्षता प्रदान गर्दछ।
गाडी भित्र फराकिलो केबिन, फराकिलो बुट स्पेस र दैनिक प्रयोगका साथै लामो यात्रा सहज बनाउने सुविधाहरू उपलब्ध छन्। गाडीमा प्रयोगकर्ताको अनुभवलाई अझ आधुनिक बनाउन Google Built-in प्रविधि समावेश छ, जसबाट आगन्तुकले Google Maps र Google Assistant जस्ता स्मार्ट कनेक्टिभिटीका सुविधाहरू प्रयोग गर्न सक्नेछन्।
सुरक्षाका दृष्टिकोणले टेकटनमा ६ वटा एयरब्याग, उच्च-शक्तिको स्टिल बडी स्ट्रक्चर र आधुनिक Advanced Driver Assistance Systems (ADAS) समावेश गरिएका छन्। जसमा Adaptive Cruise Control, Autonomous Emergency Braking, Lane Keep Assist, Blind Spot Warning र ३६०-डिग्री क्यामेरा प्रणाली जस्ता अत्याधुनिक सुविधाहरू रहेका छन्।
NAIMA Mobility Expo 2026 मा सहभागी हुने आगन्तुकहरूले भृकुटीमण्डपस्थित निसानको स्टलमा पुगी छ दिनसम्म गाडीलाई नजिकबाट अवलोकन गर्न, यसका विशेषताहरूबारे बुझ्न र निसानका उत्पादन विशेषज्ञहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सक्नेछन्।
पायोनियर मोटोकर्पले आफ्ना देशभर फैलिएका बिक्री तथा सेवा सञ्जालमार्फत यो गाडीको सहज बिक्रीपछिको सेवा दिने प्रतिबद्धता जनाएको छ।

