होमपेज > काे हुन् टेलिकमकाे नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल?

काे हुन् टेलिकमकाे नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल?

बिज्ञापन

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन् । बुधबार टेलिकमले विज्ञप्ति जारी गर्दै पहाडीलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको जानकारी दिएको हो । उनले यसअघि कम्पनीको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् ।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गरेकी छन् ।

अर्यालले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् । २०५१ फागुन १० गते उनले स्थायी नियुक्ति लिएकी थिइन् ।

उनले अन्तर्राष्ट्रिय अवार्डसमेत प्राप्त गरेकी छन् । उनलाई प्राविधिक क्षेत्रमा गरेको अनुकरणीय कामको मुल्याङ्कन गर्दै थाइल्याण्डको एशियन इन्सिच्युट अफ टेक्नोलोजी एलोमेनी एशोसियसनले एआइटिएए ड्रिष्ट्युइङ गिष्ट एलोमिनी अवार्ड प्रदान गरेकाे थियाे ।

झण्डै ३ दशक लामो टेलिकम्युनिकेशनको अनुभव संगालेकी पहाडी लामो समयदेखि नेपाल टेलिकममा ताररहित संजाल विज्ञका रुपमा कार्यरत छन । यस सेवा अवधि मध्ये २ दशक बढि मोवाइल सर्भिसको स्थापना काल देखिनै सेवारत पहाडी पछिल्लोसमय केन्द्रिय कार्यालयमा कम्पनीको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् । प्राविधिक क्षेत्रमा महिलाको सहभागीता निकै न्युन रहेको अवस्थामा पहाडी एक उदाहरण हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
  2. यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान
  3. प्रधानमन्त्रीसँग आर्थिक एजेन्डामा नजिकको समन्वय छ, बजारका हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री वाग्ले
  4. भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि
  5. असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा
  6. दिगो कृषि विकासका लागि कृषि विकास बैंक र एएफयूबीच समझदारी
  7. मन्त्रीका स्वकीय र सल्लाहकारले मन्त्रालय भरिए : कुलमान घिसिङ
  8. आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  9. लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग
  10. १० रुससँग सहकार्य गरेर हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने नेपालको प्रस्ताव
  11. ११ किन डुबानमा पर्‍यो माइतीघर?, अध्ययन प्रतिवेदनले के भन्छ ?
  12. १२ नेप्सेको सीईओका लागि आवेदन आह्वान, के-के चाहिन्छ योग्यता?
  13. १३ सुन तोलामै ४३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?
  14. १४ नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्याय, कहिलेसम्म लाग्दैन शुल्क ?
  15. १५ अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग बजेट कार्यान्वयनबारे छलफल गर्ने