होमपेज > स्थानीय तहमा एक वर्षमा ४२ अर्ब ८८ करोड बेरूजु

स्थानीय तहमा एक वर्षमा ४२ अर्ब ८८ करोड बेरूजु

बिज्ञापन

गत आर्थिक वर्ष २०७८/७९ मा स्थानीय तहको बेरुजु ४२ अर्ब ८८ करोड ९ लाख रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले आज (बिहीबार) सार्वजनिक गरेको प्रतिवेदन अनुसार ७४९ स्थानीय तहको ११ खर्ब २ अर्ब ६ करोड ५७ लाख रुपैयाँको लेखापरीक्षणबाट यस्तो बेरुजु पाइएको उल्लेख छ ।

जसमा असुल गर्नुपर्ने ५ अर्ब ८९ करोड २७ लाख, नियमित गर्नुपर्ने ३२ अर्ब ४३ करोड ४८ लाख र म्याद नाघेको पेश्की ४ अर्ब ५१ करोड ४० लाख रहेको उल्लेख छ । बक्यौता लेखापरीक्षणबाट स्थानीय तहमा ३ करोड ९४ लाख बेरुजु देखिएको छ । गत आवमा मधेश प्रदेशको ४ वटा स्थानीय तहमा लेखापरीक्षण हुनै नसकेको प्रतिवेदनमा उल्लेख छ ।

सबैभन्दा धेरै बेरुजु तेह्रथुमको आठराईमा, प्युठानका २ वटा पालिकामा बेरुजु शून्य
पालिकामध्ये सबैभन्दा धेरै तेह्रथुमको आठराई गाउँपालिकामा २० दशमलव २१ प्रतिशत बेरुजु कायम भएको छ । प्युठानका दुई वटा पालिकाले देशभरमै उत्कृष्ट परिणाम हासिल गरेका छन् । प्युठानका मल्लरानी र सरुमारानी गाउँपालिकामा बेरुजु शून्य रहेको छ । यस्तै प्रदेशतर्फ सबैभन्दा धेरै बेरुजु कर्णालीमा र सबैभन्दा कम गण्डकीमा रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नाबिल बैंकले आफ्ना कर्मचारीको जीवन बीमा गराउँदै, बीमा कम्पनीसँग प्रस्ताव आह्वान
  2. तराई–मधेशको तनावप्रति उद्योगी–व्यवसायीको चिन्ता, सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल
  3. सुनसरी–सिरहा घटनाप्रति सरकार गम्भीर, निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुने: प्रधानमन्त्री बालेन्द्र शाह (पूर्णपाठ)
  4. राष्ट्र बैंकले २४ अर्बभन्दा बढी रकम बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने
  5. सिरहाको गोलबजारमा प्रदर्शन हिंसात्मक, प्रहरीको गोलीबाट एक युवकको मृत्यु
  6. अब १० वर्षका लागि लाइसेन्स नवीकरण गर्न सकिने, म्याद सकिन लागेको लाइसेन्स तत्काल नवीकरण गर्न विभागको आग्रह
  7. लगातार चौथो दिन घट्यो नेप्से, कारोबार रकम पनि ३.३८ अर्बमा सीमित
  8. सुनसरी घटनामा मृतकको संख्या दुई पुग्यो, उपचाररत जयप्रकाश मेहताको पनि मृत्यु
  9. जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
  10. १० लघुवित्त पीडितसँग वार्ताका लागि अर्थमन्त्रीले गठन गरे समिति
  11. ११ सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था उल्लंघन गर्ने तीन ब्रोकर कम्पनीलाई सेबोनको कारबाही
  12. १२ एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता
  13. १३ स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
  14. १४ एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
  15. १५ ऋण असुलीबाट शिव शिखरका ५६ बचतकर्तालाई रकम फिर्ता