होमपेज > दुई अर्ब लागतमा यस्तो बन्दैछ भरतपुर विमानस्थलको टर्मिनल भवन

दुई अर्ब लागतमा यस्तो बन्दैछ भरतपुर विमानस्थलको टर्मिनल भवन

बिज्ञापन

भरतपुरमा करिब दुई अर्ब रुपैंयाँ लागतमा टर्मिनल भवन शिलान्यास भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३ वर्षमा बन्ने गरी आज (बिहीबार) भवनको शिलान्यास गरेका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको एरोडम इन्जिनियरिङ डिपार्टमेन्टले नया टर्मिनल भवन बनाउन लागेको छ । प्राधिकरणले चैत ६ गते केसी–क्षमादेवी–प्रतिस्ता जेभीले ठेक्का पाएको थियो । प्राधिकरणले १ अर्ब ९२ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

तराईका अधिकांश विमानस्थलमा एटीआर ७२ जहाज अवतरण गर्न सक्ने भए पनि भरतपुर विमानस्थलमा अवतरण हुँदैन। एटीआर ४२ र ट्विवनअटर जहाजले उडान र अवतरण गर्दै आएका छन् । अब बन्ने भवन अत्याधुनिक ‘कन्भेयर बेल्ट’ सहितका हुनेछन् ।

भरतपुरमा ७ हजार ७४९ वर्गमिटर क्षेत्रफलमा अत्याधुनिक टर्मिनल भवन बनाउने योजना छ । विमानस्थलको धावनमार्ग विस्तार हुँदासमेत काम गर्ने गरी टर्मिनल भवन बनाउन लागिएको प्राधिकरणले जनाएको छ । नेपाली सेनाको घोडा प्रजनन केन्द्रलाई स्थानान्तरण गरी भरतपुर विमानस्थलको धावन मार्ग विस्तार गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नागार्जुन नगरपालिकाका उद्यमीलाई मुक्तिनाथ विकास बैंकबाट धितोबिनै २ लाखसम्म कर्जा
  2. छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, मेची नाकाबाट मात्रै सवा एक अर्बभन्दा बढीको निर्यात
  3. मधेशका ११ परीक्षा केन्द्रमा एमबीएस परीक्षा स्थगित
  4. देवानगञ्ज घटनामा सरकार–पीडितबीच ७ बुँदे सहमति
  5. जागिर लगाइदिने भन्दै घुस लिएको आरोपमा शुद्धोधन गाउँपालिकाका उपाध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  6. लघुवित्तपीडितसँग आज पुनः वार्ता, समाधान खोज्न सरकार र संघर्ष समिति सकारात्मक
  7. नाबिल बैंकले आफ्ना कर्मचारीको जीवन बीमा गराउँदै, बीमा कम्पनीसँग प्रस्ताव आह्वान
  8. तराई–मधेशको तनावप्रति उद्योगी–व्यवसायीको चिन्ता, सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल
  9. सुनसरी–सिरहा घटनाप्रति सरकार गम्भीर, निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुने: प्रधानमन्त्री बालेन्द्र शाह (पूर्णपाठ)
  10. १० राष्ट्र बैंकले २४ अर्बभन्दा बढी रकम बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने
  11. ११ सिरहाको गोलबजारमा प्रदर्शन हिंसात्मक, प्रहरीको गोलीबाट एक युवकको मृत्यु
  12. १२ अब १० वर्षका लागि लाइसेन्स नवीकरण गर्न सकिने, म्याद सकिन लागेको लाइसेन्स तत्काल नवीकरण गर्न विभागको आग्रह
  13. १३ लगातार चौथो दिन घट्यो नेप्से, कारोबार रकम पनि ३.३८ अर्बमा सीमित
  14. १४ सुनसरी घटनामा मृतकको संख्या दुई पुग्यो, उपचाररत जयप्रकाश मेहताको पनि मृत्यु
  15. १५ जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी