होमपेज > नबिल बैंकले सञ्चालन गर्‍यो ‘नबिल दिगो बचत खाता’ : के-के छन् विशेषता?

नबिल बैंकले सञ्चालन गर्‍यो ‘नबिल दिगो बचत खाता’ : के-के छन् विशेषता?

बिज्ञापन

नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकिङ क्षेत्रमा नौलो र प्रभावकारी किसिमको खाता ‘नबिल दिगो बचत खाता’को सुरुआत गरेको छ ।

नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य राखेको सन्दर्भमा बैंकले दिगो विकास तथा दिगो बैंकिङको दृष्टिकोण अनुरूप यस बचत खाता सञ्चालनमा ल्याएको हो । यस योजनाअन्तर्गत सेवाग्राहीले पाउने ब्याजदर बाहेक जम्मा हुने कुल निक्षेपको वार्षिक ०।५ प्रतिशतका दरले हुन आउने रकम बैंकले प्रत्यक्ष रूपमा कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणमा खर्च गर्नेछ ।

बैंकका अनुसार उक्त रकम कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणका लागि वन पुनःस्थापना तथा वृक्षरोपण, नवीकरणीय ऊर्जा प्रबद्र्धन, फोहोर व्यवस्थापनका लागि पहल, स्वच्छ ऊर्जा तथा सफा पानीसम्बन्धी परियोजना तथा दिगो विकासका लक्ष्य अनुकूल लगायतका कार्यक्रमहरुमा खर्च गरिनेछ । यस योजनाअन्तर्गत नबिल दिगो बचत खातामा अर्धवार्षिक रुपमा औसतमा रु ५० हजार राख्ने ग्राहकका नाममा टोकनस्वरुप एकपटकका लागि वृक्षरोपण गरिनेछ ।

यसबाट कार्बन उत्सर्जन न्यूनीकरण तथा नियन्त्रण र दिगो विकास लक्ष्य हासिल गर्न प्रत्यक्ष योगदान पुग्नेमा बैंकको विश्वास छ । यस खाता खोल्नका लागि न्यूनतम मौज्दात रु। १०,००० आवश्यक छ । यो विशेष बचत खाता वित्तीय लाभका साथै वातावरण संरक्षणमा प्रत्यक्ष योगदान गर्न चाहने सबै उमेर समूहका व्यक्ति, गैरआवासीय नेपाली ९एनआरएन० र गैर–नाफामुखी संस्थाहरूलाई लक्षित गरिएको छ । त्यसका साथै न्यूनतम मौज्दात कायम राख्ने ग्राहकले डिजिटल बैंकिङ प्रवद्र्धनअन्तर्गत नबिल बैंकका डिजिटल बैंकिङ प्लेटफर्महरू एनबैंक र एनबैंक वेभ आजीवन निःशुल्क प्रयोग गर्न सक्नेछन् । यसबाट कागजरहित बैंकिङ संस्कृति प्रवद्र्धन हुने बैंकले जनाएको छ ।

त्यसबाहेक यस योजनामा सहभागी हुने ग्राहकलाई पहिलो वर्ष निःशुल्क नबिल डेबिट कार्ड र क्रेडिट कार्ड, वार्षिक लकर शुल्कमा २५ प्रतिशत छुट र योग्य ग्राहकलाई बीमा सुविधा पनि उपलब्ध गराइनेछ । नबिल बैंकले दिगो बैंकिङको क्षेत्रमा अग्रपंक्तिमा रहँदै वातावरणीय, सामाजिक तथा सुशासन सिद्धान्तलाई आत्मसात गर्दै आएको छ । ‘नबिल दिगो बचत खाता’को सुरुआतसँगै ग्राहकहरु आफ्नो भविष्यका लागि मात्र नभई वातावरणमैत्री र दिगो भविष्य निर्माणका लागि पनि बचत गर्न सक्षम हुनेमा बैंकले विश्वास लिएको छ ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुआत गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले आधुनिक बैंकिङ युगको सुरुआत गर्दै ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ आफ्नो व्यवसाय केन्द्रित गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
  2. यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान
  3. प्रधानमन्त्रीसँग आर्थिक एजेन्डामा नजिकको समन्वय छ, बजारका हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री वाग्ले
  4. भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि
  5. असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा
  6. दिगो कृषि विकासका लागि कृषि विकास बैंक र एएफयूबीच समझदारी
  7. मन्त्रीका स्वकीय र सल्लाहकारले मन्त्रालय भरिए : कुलमान घिसिङ
  8. आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  9. लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग
  10. १० रुससँग सहकार्य गरेर हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने नेपालको प्रस्ताव
  11. ११ किन डुबानमा पर्‍यो माइतीघर?, अध्ययन प्रतिवेदनले के भन्छ ?
  12. १२ नेप्सेको सीईओका लागि आवेदन आह्वान, के-के चाहिन्छ योग्यता?
  13. १३ सुन तोलामै ४३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?
  14. १४ नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्याय, कहिलेसम्म लाग्दैन शुल्क ?
  15. १५ अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग बजेट कार्यान्वयनबारे छलफल गर्ने