होमपेज > अनुमति नलिई रुख काटेको आरोपमा धरानका मेयर हर्क साम्पाङमाथि छानबिन

अनुमति नलिई रुख काटेको आरोपमा धरानका मेयर हर्क साम्पाङमाथि छानबिन

बिज्ञापन
अनुमति नलिई रुख काटेको आरोपमा धरानका मेयर हर्क साम्पाङमाथि छानबिन

धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज साम्पाङ सामुदायिक वन क्षेत्रभित्र अनुमति नलिई रुख काटेको आरोपमा डिभिजन वन कार्यालय सुनसरीले छानबिन प्रक्रिया थालेको छ।

साम्पाङले ‘फायर लेन’ निर्माण गर्ने उद्देश्यले धरान–२० स्थित बिष्णुपादुका सामुदायिक वन क्षेत्रको जङ्गलमा मेसिनको प्रयोग गरेर रुख काटेका थिए। यस घटनाको जानकारी प्राप्त भएपछि डिभिजन वन कार्यालय, सुनसरीले औपचारिक रूपमा छानबिन प्रारम्भ गरेको हो।

चैत १९ गतेका दिन नगर प्रमुख साम्पाङले व्यक्तिगत रूपमा मेसिन प्रयोग गरी वन क्षेत्रमा रुख ढालिएको भन्ने उजुरी कार्यालयमा दर्ता भएको थियो। सोही उजुरीका आधारमा डिभिजन वन कार्यालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

छानबिन समितिको संयोजक बिष्णुपादुका सबडिभिजन वन अधिकृत महेश कुमार शाह रहेका छन्। समितिमा पञ्चकन्या सबडिभिजनका वन अधिकृत लेखनाथ भण्डारी र सहायक वन अधिकृत फुलकुमारी भोटे सदस्यका रूपमा समावेश छन्। डिभिजन वन कार्यालय सुनसरीका प्रमुख खुद्रोस मियाँका अनुसार, छानबिन समिति छिट्टै प्रतिवेदनसहित निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति, चिकित्सकको आन्दोलन स्थगित
  2. प्रभु बैंककी पूर्व सीबीओ रश्मी पन्त पक्राउ
  3. माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर
  4. सरकारले नौ विधेयक संसद्मा पेस गर्ने, विदेशी विनिमय कसुर अनुसन्धानका लागि अधिकारी तोक्ने
  5. निर्जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे ५० अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क
  6. कुमारी बैंकको मोबाइल बैंकिङ एपमा अब अन्तर्राष्ट्रिय ईसिम र ड्राइभिङ परमिट सेवा
  7. आज पनि घट्यो शेयर बजार, ४ अर्ब २ करोडको कारोबार
  8. लगातार तेस्रो दिन घटेको नेप्से २६८८ विन्दुमा झर्‍यो
  9. नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो, अब संरक्षणसँगै व्यवस्थापनमा जोड
  10. १० सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल
  11. ११ आज घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो
  12. १२ माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)
  13. १३ सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको मुख्य दायित्व : रवि लामिछाने
  14. १४ नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  15. १५ सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?