होमपेज > आजको माैसम: सुदूरपश्चिम र कर्णालीमा हिउँदे वर्षा शुरू, चिसोबाट जोगिन आग्रह

आजको माैसम: सुदूरपश्चिम र कर्णालीमा हिउँदे वर्षा शुरू, चिसोबाट जोगिन आग्रह

बिज्ञापन

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हिउँदे वर्षा सुरु भएको छ। केही ठाउँमा रातिदेखि हल्का पानी परेको छ भने अहिले पनि पश्चिमी क्षेत्रमा वर्षा जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पहाडी र हिमाली क्षेत्रमा भने हिमपात भएको छ।वर्षा गराउने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दैछ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज दिउँसो देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। साँझसम्म काठमाडौंसहित विभिन्न क्षेत्रमा हल्का पानी पर्ने अनुमान गरिएको छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी, बागमती, मधेस, र कोशी प्रदेशका केही स्थानमा पनि हल्का वर्षा हुने अपेक्षा गरिएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पानी परेसँगै चिसो बढ्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ। प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले चिसोका कारण स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन्।

उनले उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, तराईमा शीतलहर, र विभिन्न ठाउँमा वर्षा हुनसक्ने जानकारी दिएका छन्। यसअघि मौसम विज्ञान विभागले विशेष मौसमी बुलेटिन जारी गर्दै शुक्रबारदेखि पश्चिमी क्षेत्रबाट पानी पार्ने प्रणाली सक्रिय हुने चेतावनी दिएको थियो। विभागका अनुसार भोलि मौसममा सुधार हुने अपेक्षा गरिएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति, चिकित्सकको आन्दोलन स्थगित
  2. प्रभु बैंककी पूर्व सीबीओ रश्मी पन्त पक्राउ
  3. माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर
  4. सरकारले नौ विधेयक संसद्मा पेस गर्ने, विदेशी विनिमय कसुर अनुसन्धानका लागि अधिकारी तोक्ने
  5. निर्जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे ५० अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क
  6. कुमारी बैंकको मोबाइल बैंकिङ एपमा अब अन्तर्राष्ट्रिय ईसिम र ड्राइभिङ परमिट सेवा
  7. आज पनि घट्यो शेयर बजार, ४ अर्ब २ करोडको कारोबार
  8. लगातार तेस्रो दिन घटेको नेप्से २६८८ विन्दुमा झर्‍यो
  9. नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो, अब संरक्षणसँगै व्यवस्थापनमा जोड
  10. १० सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल
  11. ११ आज घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो
  12. १२ माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)
  13. १३ सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको मुख्य दायित्व : रवि लामिछाने
  14. १४ नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  15. १५ सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?