होमपेज > जेनजी आन्दोलनमा त्रिवीका तीन केन्द्रका उत्तरपुस्तिका जलेर नष्ट, पुनः परीक्षा हुने

जेनजी आन्दोलनमा त्रिवीका तीन केन्द्रका उत्तरपुस्तिका जलेर नष्ट, पुनः परीक्षा हुने

बिज्ञापन

भदौ २२ र २३ गतेको जेनजी आन्दोलनका क्रममा उत्तरपुस्तिका जलेर नष्ट भएपछि त्रिभुवन विश्वविद्यालयले (त्रिवी) ती परीक्षा पुनः सञ्चालन गर्ने निर्णय गरेको छ।

परीक्षा नियन्त्रण कार्यालय, बल्खुले झापा, रौतहट र दाङका तीन परीक्षा केन्द्रका उत्तरपुस्तिका नष्ट भएको पुष्टि गर्दै सम्बन्धित विद्यार्थीका लागि पुनः परीक्षा लिने तयारी गरेको जनाएको छ।

उत्तरपुस्तिका जलेर नष्ट भएका परीक्षा केन्द्रहरूमा  झापाको कन्काई आदर्श क्याम्पस (बिर्तामोड), रौतहटको जनज्योति क्याम्पस (चन्द्रनिगाहपुर) र दाङको सिद्ध रत्ननाथ क्याम्पस (घोराही) रहेका छन्।

जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालयमा भएको आगजनी र तोडफोडका कारण उत्तरपुस्तिका नष्ट भएको कार्यालयले जनाएको छ। स्नातक तह दोस्रो वर्षको आंशिक र मौका परीक्षा दिएका करिब ६५० विद्यार्थीको उत्तरपुस्तिका नष्ट भएको अनुमान गरिएको छ।

कार्यालयका अनुसार पुनः परीक्षाको मिति पछि तोकिने छ। साथै, प्रभावित क्याम्पसहरूलाई विद्यार्थीहरूलाई पुनः परीक्षा दिनुपर्ने जानकारी गराउन अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. दिगो कृषि विकासका लागि कृषि विकास बैंक र एएफयूबीच समझदारी
  2. मन्त्रीका स्वकीय र सल्लाहकारले मन्त्रालय भरिए : कुलमान घिसिङ
  3. आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  4. लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग
  5. रुससँग सहकार्य गरेर हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने नेपालको प्रस्ताव
  6. किन डुबानमा पर्‍यो माइतीघर?, अध्ययन प्रतिवेदनले के भन्छ ?
  7. नेप्सेको सीईओका लागि आवेदन आह्वान, के-के चाहिन्छ योग्यता?
  8. सुन तोलामै ४३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?
  9. नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्याय, कहिलेसम्म लाग्दैन शुल्क ?
  10. १० अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग बजेट कार्यान्वयनबारे छलफल गर्ने
  11. ११ चमेलिया नदीमा थप २८.३० मेगावाटको मध्य चमेलिया जलविद्युत् आयोजना बन्ने
  12. १२ देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
  13. १३ साउनमा असुलिएको विद्युतको भ्याट भदौको बिलमा समायोजन हुने, असार मसान्तसम्म खपत भएको विद्युतमा भ्याट नलाग्ने
  14. १४ राजस्वको बिग्रिएको लय र चुहावट नियन्त्रणमा अर्जुनदृष्टि लगाउन अर्थमन्त्रीको निर्देशन (भिडियो)
  15. १५ राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीमाथि निगरानी कडा बनाउँदै, सीईओ र सञ्चालकलाई कारबाही