होमपेज > सम्झौता अवधि सकिँदा अस्पताल निर्माणको काम १० प्रतिशत मात्र

सम्झौता अवधि सकिँदा अस्पताल निर्माणको काम १० प्रतिशत मात्र

बिज्ञापन

भोजपुरको कोट अस्पताल निर्माणका लागि निर्धारित समयावधि सकिँदा हालसम्म १० प्रतिशत मात्र काम सम्पन्न भएको छ । टेम्केमैयुङ गाउँपालिका–७ मा निर्माणाधीन उक्त अस्पताल ठेकेदारको लापर्बाहीका कारण अलपत्र बनेको हो ।

गत असार मसान्तसम्म सम्पन्न गर्ने गरी विसं २०७८ साउनमा निर्माण कम्पनीसँग सम्झौता भई काम थालिएको टेम्केमैयुङ–६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए । उनका अनुसार ठेकेदारले मैदान सम्याएर, कम्पाउन्ड र रिटेनिङ वालमात्र लगाएर काम अलपत्र छाडेको छ । सहज रुपमा स्वास्थ्य सेवा पाउने आशामा बसेका कोटवासीमा कामको गति देखेर निराशा बढेको उनको भनाइ थियो ।

काम ढिला भएको विषयमा निर्माण कम्पनीसँग लिखित स्पष्टीकरण मागिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिए । काममा ढिलाइ भएकाले समन्वय गरिदिनका लागि जिल्ला प्रशासन कार्यालयलाई समेत पत्रचार गरिएको उनको भनाइ थियो । ठेकेदार कम्पनीलाई निर्धारित समयमा नै काम सम्पन्न गर्न पटकपटक भनिरहे पनि वेवास्ता गरी काम नगरेको न्यौपानेले बताए । ठेकेदारका तर्फबाट चित्तबुदो जवाफ नआएमा ठेक्का रद्द गरेर निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने कार्यापालिकाले निर्णय गरेको उनले जानकारी दिए ।

‘अस्पताल निर्माणमा ठेकेदारले ढिलाइ गरेको छ । धेरै पटक भन्दा पनि काममा सोचे अनुसारको प्रगति नभएपछि जिल्ला प्रशासन कार्यालयलाई समन्वयका लागि पत्रचार गरेका छौँ’, न्यौपानेले भने, ‘सम्झौताको म्याद सकिएको छ । अब पनि काम भएन भने ठेक्का रद्द गरेर ठेकेदारलाई कालोसूचीमा राख्नका लागि पत्रचार गर्ने कार्यपालिकाबाट निर्णय भएको छ ।’

अस्पताल निर्माणमा ठेकेदार कम्पनी जिम्मेवार नबनेको भन्दै पालिकाले चाँडो काम सम्पन्न गराउन पहल थालेको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताइन् । ‘कामलाई चाँडो अघि बढाउन ठेकेदारलाई ताकेता गरिरहेका छौँ’, उनले भनिन्, ‘ठेकेदारले विभिन्न बाहना देखाएर काम अघि बढाउन ढिलाइ गरिरहेको छ । अब पनि काम भएन भने कानुनी प्रक्रियाअनुसार अघि बढ्छौँ ।’

निर्माण सुरु भएको दुई वर्षमा करिब १० प्रतिशतमात्र काम भएको बताउँदै एक वर्ष बढी समयदेखि निर्माण अलपत्र रहेको गाउँपालिकाका इन्जिनियर रामकुमार तामाङले जानकारी दिइन् । ‘दुई वर्षको अवधिमा १० प्रतिशतको हारहारीमा मात्र प्रगति भएको छ’, उनले भनिन्, ‘लामो समयबाट काम रोकिएको छ ।’

अस्पताल निर्माणलाई पुनःसञ्चालन गराउन पहल भइरहेको बताउँदै गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले ठेकेदार कम्पनीका प्रतिनिधिसँग कामलाई चाँडो अघि बढाउने विषयमा फोनमार्फत कुराकानी भएको जानकारी दिए । ‘ठेकेदारले काममा अत्यन्तै ढिलाइ गरेको छ’, अध्यक्ष बस्नेतले भने, ‘कामलाई पुनःसञ्चालन गरी अस्पताल सम्पन्न गराउन पहल गरिरहेका छौँ । निर्माणका क्रममा आउने समस्याको समाधानका लागि पालिकाले आवश्यक समन्वय गर्नेछ ।’ उनका अनुसार १५ शैंयाको अस्पताल निर्माणका लागि कूल लागत भ्याट बाहेक रू १० करोड १३ लाख ८३ हजारमा सम्झौता भएको हो । हालसम्म निर्माण कम्पनीले पेस्कीबापत रू ८४ लाख भुक्तानी लगेको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति, चिकित्सकको आन्दोलन स्थगित
  2. प्रभु बैंककी पूर्व सीबीओ रश्मी पन्त पक्राउ
  3. माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर
  4. सरकारले नौ विधेयक संसद्मा पेस गर्ने, विदेशी विनिमय कसुर अनुसन्धानका लागि अधिकारी तोक्ने
  5. निर्जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे ५० अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क
  6. कुमारी बैंकको मोबाइल बैंकिङ एपमा अब अन्तर्राष्ट्रिय ईसिम र ड्राइभिङ परमिट सेवा
  7. आज पनि घट्यो शेयर बजार, ४ अर्ब २ करोडको कारोबार
  8. लगातार तेस्रो दिन घटेको नेप्से २६८८ विन्दुमा झर्‍यो
  9. नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो, अब संरक्षणसँगै व्यवस्थापनमा जोड
  10. १० सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल
  11. ११ आज घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो
  12. १२ माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)
  13. १३ सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको मुख्य दायित्व : रवि लामिछाने
  14. १४ नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  15. १५ सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?