होमपेज > यूनियन लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

यूनियन लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

बिज्ञापन

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीले बुधबार भैरहवामा विशेष सभा सम्पन्न गरेको हो ।

सभाले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने-गाभिने सम्बन्धी अन्तिम प्रस्तावहरुलाई पारित गरेको छ । त्यसैगरी एक आपसमा गाभिए पश्चात बन्ने जीवन बीमा ब्यवसाय गर्ने कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडकायम गरी सो नामबाट जीवन बीमा ब्यवसाय संचालन गर्ने सम्बन्धी प्रस्ताव समेत पारीत गरेको छ ।

साथै तिनबटै कम्पनिको शेयर अनुपात क्रमशः १ः१ः१ कायम गर्ने, एक आपसमा गाभ्ने-गाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम सम्झौंतापत्र सहमतीपत्र तथा अन्य भए गरेका मर्जर सम्बद्ध सम्झौताहरुको अनुमोदन गर्ने, चल-अचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन तयार गर्नका लागि नियुक्त लेखापरीक्षक-मुल्यांकनकर्ताको नियुक्ति तथा पारिश्रमिकको अनुमोदन, एक आपसमा गाभ्ने-गाभिने प्रयोजनको लागि बाँकी काम कार्यवाही- प्रक्रिया अगाडी बढाउन संचालक समितलाई अख्तियारी दिनुका साथै संचालक समितीमा हुने फेरबदल, तथा संचालक समितीको कार्यकाल सम्बन्धि प्रस्ताव समेत पारित भएको छ ।

यसका अतिरिक्त प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने, पूँंजी संरचना परीर्वतन लगायतका सम्पूर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. लघुवित्त पीडित र सरकारबीच पाँचबुँदे सहमति, देशभरका आन्दोलन र अनशन अन्त्य
  2. साताभर नेप्सेमा ४९ अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो
  3. परिवार सुरक्षा बचत खाताअन्तर्गत कुमारी बैंकद्वारा १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी
  4. नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ
  5. नेपालमा आउँदै निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’, नाइमा मोबिलिटी एक्सपो २०२६ मा सार्वजनिक हुने
  6. लक्ष्यको आधाभन्दा कम वैदेशिक सहायता, नेपालले पायो ४५.६६ प्रतिशत मात्रै
  7. राहदानी छपाइ प्रकरणमा सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गर्न आदेश
  8. गृहमन्त्री सुधन गुरुङको निर्देशनमा ड्रोनबाट सुरक्षा अनुगमन तीव्र
  9. नागार्जुन नगरपालिकाका उद्यमीलाई मुक्तिनाथ विकास बैंकबाट धितोबिनै २ लाखसम्म कर्जा
  10. १० छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, मेची नाकाबाट मात्रै सवा एक अर्बभन्दा बढीको निर्यात
  11. ११ मधेशका ११ परीक्षा केन्द्रमा एमबीएस परीक्षा स्थगित
  12. १२ देवानगञ्ज घटनामा सरकार–पीडितबीच ७ बुँदे सहमति
  13. १३ जागिर लगाइदिने भन्दै घुस लिएको आरोपमा शुद्धोधन गाउँपालिकाका उपाध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  14. १४ लघुवित्तपीडितसँग आज पुनः वार्ता, समाधान खोज्न सरकार र संघर्ष समिति सकारात्मक
  15. १५ नाबिल बैंकले आफ्ना कर्मचारीको जीवन बीमा गराउँदै, बीमा कम्पनीसँग प्रस्ताव आह्वान