होमपेज > दुई तिहाइको सरकार भएपनि केही काम गर्न सकेको छैन: मयेर बालेन

दुई तिहाइको सरकार भएपनि केही काम गर्न सकेको छैन: मयेर बालेन

बिज्ञापन

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह(बालेन)ले अहिले दुई तिहाइको सरकार भएपनि केही काम गर्न नसकेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित प्रथम कोटेश्वर महोत्सव–२०८१ उद्घाटन समारोहमा बोल्दै उनले ५० औं वर्षदेखि जग्गाको समस्याका कारण मुआब्जा नपाएको भन्दै सरकारले काम प्रकृयामा छ भनेर झुटो आश्वासन मात्र देखाएको बताए।

उनले भने,‘५० औं वर्षदेखि जग्गाको समस्या समाधान भएको छैन्। त्यही कारण मुआब्जा प्राप्त भएको छैन्। यसपाली त बहुमत भएको दुई तिहाईको सरकार छ। त्यही पनि केही गरेको छैन्। कोही नेताले तपाईंहरुको काम प्रकृयामा छ। काम हुँदैछ भनेर आश्वासन दिन आउनुभएको छ भने नपत्याउनु होला। कुनै प्रोसेस भएको छैन्। केही काम भएको छैन्।’

उनले सरकारले व्यक्तिको जग्गा लुटेर राखेको भन्दै अहिले सरकारमा प्रधानमन्त्री, गृहमन्त्रीदेखि अर्थमन्त्रीसम्म आफ्नै हुँदा पनि काम भएन भने कहिल्यै नहुने बताए।
उनले भने,‘सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ। यसको मुआब्जा दिन कुनै पनि प्रोसेस भएको छैन्। अहिलेको दुई तिहाईको सरकारले चाहेमा जे पनि गर्न सक्छ।

गृहमन्त्री आफ्नै ,अर्थमन्त्री आफ्नै, पैसा आफ्नै, स्रोत साधन आफ्नै, सबै आफ्नै, अझ वडा समिति पनि आफ्नै छ। अहिले पनि यो काम भएन भने कहिले पनि हुँदैन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ऋण असुलीबाट शिव शिखरका ५६ बचतकर्तालाई रकम फिर्ता
  2. सप्तरीको पनसेरामा नवनिर्मित ३३-११ केभी सबस्टेसन सञ्चालनमा
  3. सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति, चिकित्सकको आन्दोलन स्थगित
  4. प्रभु बैंककी पूर्व सीबीओ रश्मी पन्त पक्राउ
  5. माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर
  6. सरकारले नौ विधेयक संसद्मा पेस गर्ने, विदेशी विनिमय कसुर अनुसन्धानका लागि अधिकारी तोक्ने
  7. निर्जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे ५० अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क
  8. कुमारी बैंकको मोबाइल बैंकिङ एपमा अब अन्तर्राष्ट्रिय ईसिम र ड्राइभिङ परमिट सेवा
  9. आज पनि घट्यो शेयर बजार, ४ अर्ब २ करोडको कारोबार
  10. १० लगातार तेस्रो दिन घटेको नेप्से २६८८ विन्दुमा झर्‍यो
  11. ११ नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो, अब संरक्षणसँगै व्यवस्थापनमा जोड
  12. १२ सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल
  13. १३ आज घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो
  14. १४ माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)
  15. १५ सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको मुख्य दायित्व : रवि लामिछाने