होमपेज > कस्तो रहला आजको माैसम? यस्तो छ पूर्वानुमान!

कस्तो रहला आजको माैसम? यस्तो छ पूर्वानुमान!

बिज्ञापन

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार अहिले देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी भू९भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। आज पनि तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको छ। तराईमा बाक्लो कुहिरो लागेका कारण पूर्व पश्चिम राजमार्गमा गुड्ने सवारी साधनहरुलाई कम भिजिविलिटीका कारण आवागमन मै समस्या परेको छ।

आज दिउँसो भने कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। आज राति कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसका साथै तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
  2. यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान
  3. प्रधानमन्त्रीसँग आर्थिक एजेन्डामा नजिकको समन्वय छ, बजारका हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री वाग्ले
  4. भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि
  5. असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा
  6. दिगो कृषि विकासका लागि कृषि विकास बैंक र एएफयूबीच समझदारी
  7. मन्त्रीका स्वकीय र सल्लाहकारले मन्त्रालय भरिए : कुलमान घिसिङ
  8. आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  9. लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग
  10. १० रुससँग सहकार्य गरेर हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने नेपालको प्रस्ताव
  11. ११ किन डुबानमा पर्‍यो माइतीघर?, अध्ययन प्रतिवेदनले के भन्छ ?
  12. १२ नेप्सेको सीईओका लागि आवेदन आह्वान, के-के चाहिन्छ योग्यता?
  13. १३ सुन तोलामै ४३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?
  14. १४ नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्याय, कहिलेसम्म लाग्दैन शुल्क ?
  15. १५ अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग बजेट कार्यान्वयनबारे छलफल गर्ने