होमपेज > नेपाल इन्स्योरेन्सको शेयर मूल्य समायोजन

नेपाल इन्स्योरेन्सको शेयर मूल्य समायोजन

बिज्ञापन

नेपाल इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । बिहीबार कम्पनीको अन्तिम कारोबार मूल्य ७८२.८७ रुपैयाँ रहेको थियो । समायोजन पछि कम्पनीको शेयर मूल्य ६०६.६५ रुपैयाँ कायम भएको छ ।

कम्पनीले चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर वितरण गर्ने घोषणा गरेको थियो । हकप्रद निष्काशन प्रयोजनको लागि जेठ ३० गते बुक क्लोज हुनेछ । अर्थात् आज जेठ २९ गतेसम्म कायम शेयरधनीले उक्त कम्पनीको बोनस शेयर पाउने छन् । कम्पनीले चुक्ता पुँजीको ४० प्रतिशत ६५ करोड ७६ लाख ९३ हजार ७ सय ७६ रुपैयाँ बराबरको ६५ लाख ७६ हजार ९ सय ३७ दशमलव ७६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। जेठ ७ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो । एनआईएम एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख रुपैयाँ छ । हकप्रद निष्काशन पछि चुक्ता पुँजी २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्नेछ । नेपाल इन्स्योरेन्स निर्जीवन बीमा व्यवसाय प्रयोजनका लागि नेपाल बीमा प्राधिकरणबाट इजाजतप्राप्त कम्पनी हो । प्राधिकरणले निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेसँगै कम्पनीले हकप्रदको बाटो अपनाएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?
  2. उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
  3. यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान
  4. प्रधानमन्त्रीसँग आर्थिक एजेन्डामा नजिकको समन्वय छ, बजारका हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री वाग्ले
  5. भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि
  6. असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा
  7. दिगो कृषि विकासका लागि कृषि विकास बैंक र एएफयूबीच समझदारी
  8. मन्त्रीका स्वकीय र सल्लाहकारले मन्त्रालय भरिए : कुलमान घिसिङ
  9. आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  10. १० लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग
  11. ११ रुससँग सहकार्य गरेर हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने नेपालको प्रस्ताव
  12. १२ किन डुबानमा पर्‍यो माइतीघर?, अध्ययन प्रतिवेदनले के भन्छ ?
  13. १३ नेप्सेको सीईओका लागि आवेदन आह्वान, के-के चाहिन्छ योग्यता?
  14. १४ सुन तोलामै ४३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?
  15. १५ नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्याय, कहिलेसम्म लाग्दैन शुल्क ?