होमपेज > असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा

असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा

बिज्ञापन

असुरक्षा बढेको भन्दै वीरगञ्जस्थित नारायणी अस्पतालका ६७ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। गत शनिबार अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि घटनाको उचित छानबिन र दोषीमाथि कारबाही गर्नुको सट्टा आफूहरूमाथि नै दुर्व्यवहार भएको भन्दै चिकित्सकहरूले सामूहिक राजीनामा दिएका हुन्।

चिकित्सक डा. उदयनारायण सिंहका अनुसार ६७ जना चिकित्सकले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष सामूहिक राजीनामा बुझाएका छन्। बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र उनीहरूले पनि राजीनामा दिने तयारी गरेको उनले बताए।

डा. सिंहका अनुसार चिकित्सकमाथि भएको आक्रमणपछि सेवा सञ्चालनका लागि सहज वातावरण बनाउन प्रहरी तथा प्रशासनसँग वार्ता गर्न पुगेका चिकित्सकमाथि नै दुर्व्यवहार भएको थियो।

‘हामीमाथि भएको आक्रमणलाई समाधान गरेर बिरामीको सेवामा फर्कने वातावरण बनोस् भनेर प्रहरी र प्रशासनसँग वार्तामा गएका थियौँ। तर त्यहाँ हामीलाई दुई–तीन घण्टा थुनेर अपराधीलाई जस्तो अपशब्द बोल्दै दुर्व्यवहार गरियो। त्यसपछि हामीले आफूलाई असुरक्षित महसुस गरेका हौँ,’ उनले भने।

चिकित्सकहरूले आफूहरूमाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको समेत राजीनामा माग गरेका छन्।

चिकित्सकहरूले सामूहिक राजीनामा दिएपछि नारायणी अस्पतालको आकस्मिक सेवासमेत पूर्ण रूपमा प्रभावित भएको छ। चिकित्सकहरूले आफूहरूको सुरक्षा सुनिश्चित गर्दै दोषीमाथि कारबाही नभएसम्म सेवा सञ्चालनको वातावरण नबन्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति, चिकित्सकको आन्दोलन स्थगित
  2. प्रभु बैंककी पूर्व सीबीओ रश्मी पन्त पक्राउ
  3. माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर
  4. सरकारले नौ विधेयक संसद्मा पेस गर्ने, विदेशी विनिमय कसुर अनुसन्धानका लागि अधिकारी तोक्ने
  5. निर्जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे ५० अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क
  6. कुमारी बैंकको मोबाइल बैंकिङ एपमा अब अन्तर्राष्ट्रिय ईसिम र ड्राइभिङ परमिट सेवा
  7. आज पनि घट्यो शेयर बजार, ४ अर्ब २ करोडको कारोबार
  8. लगातार तेस्रो दिन घटेको नेप्से २६८८ विन्दुमा झर्‍यो
  9. नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो, अब संरक्षणसँगै व्यवस्थापनमा जोड
  10. १० सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल
  11. ११ आज घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो
  12. १२ माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)
  13. १३ सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको मुख्य दायित्व : रवि लामिछाने
  14. १४ नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  15. १५ सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?