होमपेज > भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि

भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि

बिज्ञापन

भारतले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणका लागि निमन्त्रणा पठाएको पुष्टि गरेको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाइएको जानकारी दिएका हुन्।

पत्रकार सम्मेलनमा एक पत्रकारले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणका लागि निमन्त्रणा पठाइएको हो कि होइन भनेर सोधेको प्रश्नमा प्रवक्ता जयसवालले भने, ‘हो, नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा पठाइएको छ।’

यसैबीच, भारतको विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्रीका सल्लाहकारको भारत भ्रमणबारे भने अनभिज्ञता जनाएको छ। पत्रकार सम्मेलनमा नेपालबाट विशेष दूत भारत भ्रमणमा आएको हो कि होइन भन्ने प्रश्नमा प्रवक्ता जयसवालले आफूलाई त्यसबारे जानकारी नभएको बताएका हुन्।

यसअघि प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनले भारत भ्रमण गरेको समाचार सार्वजनिक भएको थियो। भारतले प्रधानमन्त्री शाहलाई औपचारिक भ्रमणको निमन्त्रणा पठाएको पुष्टि गरेसँगै अब उनको भारत भ्रमणको मिति र कार्यक्रमबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति, चिकित्सकको आन्दोलन स्थगित
  2. प्रभु बैंककी पूर्व सीबीओ रश्मी पन्त पक्राउ
  3. माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर
  4. सरकारले नौ विधेयक संसद्मा पेस गर्ने, विदेशी विनिमय कसुर अनुसन्धानका लागि अधिकारी तोक्ने
  5. निर्जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे ५० अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क
  6. कुमारी बैंकको मोबाइल बैंकिङ एपमा अब अन्तर्राष्ट्रिय ईसिम र ड्राइभिङ परमिट सेवा
  7. आज पनि घट्यो शेयर बजार, ४ अर्ब २ करोडको कारोबार
  8. लगातार तेस्रो दिन घटेको नेप्से २६८८ विन्दुमा झर्‍यो
  9. नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो, अब संरक्षणसँगै व्यवस्थापनमा जोड
  10. १० सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल
  11. ११ आज घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो
  12. १२ माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)
  13. १३ सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको मुख्य दायित्व : रवि लामिछाने
  14. १४ नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  15. १५ सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?