होमपेज > नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?

नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?

बिज्ञापन

सरकारले नयाँ सङ्गठन तथा व्यवस्थापन संरचनाअनुसार विभिन्न मन्त्रालय तथा निकायमा दरबन्दी दर्ता गर्ने कार्यलाई तीव्रता दिएको छ। राष्ट्रिय किताबखानाले ‘स्पेशल टास्क टिम’ परिचालन गरी पछिल्लो तीन दिनमा आठवटा मुख्य निकायका ६२२ दरबन्दी दर्ता प्रक्रिया टुङ्ग्याएको जनाएको छ।

मन्त्रिपरिषद्को गत असार ३२ गतेको निर्णय कार्यान्वयन गर्ने क्रममा दर्ता भएका ६२२ दरबन्दीमध्ये ६ जना विशिष्ट श्रेणी (सचिव) र २७ जना सहसचिव वा सोसरहका पद रहेका छन्।

कुन निकायमा कति दरबन्दी ?

राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार हालसम्म दर्ता प्रक्रिया पूरा भएका आठ निकायमा सबैभन्दा धेरै दरबन्दी भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेको छ। उक्त मन्त्रालयका १४० दरबन्दी दर्ता भएका छन्।

त्यस्तै, राष्ट्रिय किताबखानाका १०६, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका ९६ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका ९० दरबन्दी दर्ता भएका छन्। सूचना तथा सञ्चार मन्त्रालयका ७०, रक्षा मन्त्रालयका ६५, सहकारी रजिस्ट्रारको कार्यालयका ३७ तथा न्याय सेवा तालिम केन्द्रका १८ दरबन्दी दर्ता भएका छन्।

प्रमाण र प्रक्रिया पुगेका फाइल तत्काल दर्ता

सरकारले अघि बढाएको नयाँ सङ्गठन संरचनाअनुसार दरबन्दी दर्ता प्रक्रियालाई प्राथमिकतामा राख्दै राष्ट्रिय किताबखानाले आवश्यक प्रमाण र प्रक्रिया पूरा भएका फाइल सोही दिन दर्ता गर्ने नीति लिएको जनाएको छ। महानिर्देशक पोखरेलले विशेष टोली परिचालन गरी प्राप्त फाइल तत्काल टुङ्ग्याउने गरी काम भइरहेको बताए।

यस प्रक्रियामा भूमि व्यवस्था तथा सामान्य प्रशासन मन्त्रालयले सबैभन्दा पहिले साउन ८ गते नै फाइल पेस गरेको थियो। केही निकायका फाइलमा थप विवरण आवश्यक रहेकाले प्रक्रिया अघि बढाउन थप कागजात माग गरिएको किताबखानाले जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयसँग थप विवरण माग गरिएको छ भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको फाइल ढिला प्राप्त भएकाले हाल प्रक्रियामा रहेको महानिर्देशक पोखरेलले बताए।

अपूर्ण कागजात भएका निकायको हकमा आवश्यक प्रक्रिया पूरा भएर फाइल प्राप्त हुनासाथ दरबन्दी दर्ता गरिने राष्ट्रिय किताबखानाले स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता
  2. स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
  3. एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
  4. ऋण असुलीबाट शिव शिखरका ५६ बचतकर्तालाई रकम फिर्ता
  5. सप्तरीको पनसेरामा नवनिर्मित ३३-११ केभी सबस्टेसन सञ्चालनमा
  6. सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति, चिकित्सकको आन्दोलन स्थगित
  7. प्रभु बैंककी पूर्व सीबीओ रश्मी पन्त पक्राउ
  8. माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर
  9. सरकारले नौ विधेयक संसद्मा पेस गर्ने, विदेशी विनिमय कसुर अनुसन्धानका लागि अधिकारी तोक्ने
  10. १० निर्जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे ५० अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क
  11. ११ कुमारी बैंकको मोबाइल बैंकिङ एपमा अब अन्तर्राष्ट्रिय ईसिम र ड्राइभिङ परमिट सेवा
  12. १२ आज पनि घट्यो शेयर बजार, ४ अर्ब २ करोडको कारोबार
  13. १३ लगातार तेस्रो दिन घटेको नेप्से २६८८ विन्दुमा झर्‍यो
  14. १४ नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो, अब संरक्षणसँगै व्यवस्थापनमा जोड
  15. १५ सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल