२०८३, भाद्र १ गते

सुनको मूल्य तोलामा २ हजार १ सयले वृद्धि, तोलाको कति?

बुधवार , श्रावण ७, २०८२

नेपाली बजारमा सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । साताको चौँथो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार १ सयले वृद्धि भएको छ । मंगलबार प्रतितोला सुनको मूल्य १ लाख ९५ हजार ५ सय रहेको थियो । आज मूल्य वृद्धि भइ १ लाख ९७ हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले वृद्धि भएको छ । हिजो प्रतितोला चाँदीको मूल्य २ हजार ३ सय २० रहेको थियो । आज मूल्य वृद्धि भइ तोलामा २ हजार ३ सय ५० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!