२०८३, श्रावण ३१ गते

६ हजार ३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

शनिवार , श्रावण २४, २०८२

यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ हजार ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले तथ्याङ्कले जनाएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म तोलामा ६ हजार ३ सय रुपैयाँले मूल्य बढेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार १ सय रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबार बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको छ । यो साताको पहिलो कारोबार दिनदेखि नै सुनको मूल्य बढ्न थालेको थियो । आइतबार सुनको मूल्य ३४ सय रूपैयाँले बढ्याे। सोमबार १ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार १ हजार ९ सय रुपैयाँले बढेको थियो । यस्तै, बुधबार १ सय रुपैयाँ घट्याे। सुनको मूल्य बिहीबार  स्थिर रहेर  शुक्रबार १ हजार रुपैयाँले बढेको हो । यो साता चाँदीको मूल्य पनि बढेको छ । गत साताको शुक्रबार तोलामा २२ सय ३५ रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबार २३ सय २५ रुपैयाँ कायम भएको छ । यो ९० रुपैयाँ वृद्धि भएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!