२०८३, भाद्र १ गते

आमनिर्वाचनमा पूर्वमन्त्री रामनाथ अधिकारी उम्मेदवारी नहुने

बुधवार , मंसिर २४, २०८२

नेपाली कांग्रेसका नेता तथा पूर्व कृषि मन्त्री रामनाथ अधिकारीले जेनजी पुस्ताको आन्दोलनको भावनाअनुसार अब पुन: आफू आमनिर्वाचनमा उम्मेदवार नहुने बताएका छन्।उनले माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधि सभा प्रत्यक्ष तथा समानुपातिक कतै पनि आफूले उम्मेदवारी नदिने घोषणा गरेका हुन्। भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका बेला उन कृषि मन्त्री थिए। जेनजी पुस्ताले आन्दोलन गरेपछि उनले पदबाट राजीनामा घोषणा गरेका थिए। आकांक्षी उम्मेदवारको नाम संकलन गरी माथिल्लो समितिमा सिफारिस पठाउन बसेको क्षेत्रीय समितिको संयुक्त बैठकमा बोल्दै कांग्रेसका धादिङ सभापतिसमेत रहेका अधिकारीले आफू उम्मेदवार नहुने घोषणा गरेका हुन्। ‘म यहाँ एउटा प्रसंग सुनाउँछु- भदौ २३ र २४ को घटनापछि आलिसान महल र झण्डावाला गाडी छाडेर राजीनामा दिएर हिँड्ने मानिस हुँ। यहाँ उम्मेदवारी प्रस्ताव आउँदैछ, त्यो उम्मेदवारी प्रस्तावमा म आफूलाई जिम्मेवारी बोध गर्दै कांग्रेसबाट भाग्न होइन, यो उम्मेदवारीमा म सहभागिता जनाउँदिनँ।’ उनले आफू पटक पटक उम्मेदवार भइसकेको पनि बताएका थिए। २०७९ को प्रतिनिधि सभा चुनावमा उनी धादिङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।  

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!