ग्यासको आपूर्ति तथा वितरणलाई सहज र व्यवस्थित बनाउन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि गृह मन्त्रालयमार्फत बिहीबार पनि उपत्यकाका विभिन्न क्षेत्रमा सादा पोसाकका प्रहरी परिचालन गरिएको हो।
उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयका अनुसार मन्त्री यादवको पहलपछि ग्यासको आपूर्ति तथा वितरणमा सहजीकरण गर्दै वास्तविक उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन निगरानीलाई निरन्तरता दिइएको हो।
ग्यास वितरणमा हुने अनियमितता तथा कृत्रिम अभाव नियन्त्रण गर्दै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले निगरानी बढाइएको सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस