२०८३, श्रावण ३१ गते

यी हुन् मन्त्रिपरिषद्का प्रमुख ५ निर्णय

मंगलवार , श्रावण २६, २०८३

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय पनि गरेको छ।

मंगलबार बसेको बैठकले  नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युत्बाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले अन्य महत्वपूर्ण निर्णयसमेत गरेको छ।

मन्त्रिपरिषद्का निर्णय

  • नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युत्बाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर पूर्ण रूपमा छुट दिने।
  • सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्रकुमार मेहता र गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने।
  • पोर्चुगल सरकारलाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने।
  • वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बारा निवासी निर्मलकुमार उप्रेतीलाई नियुक्त गर्ने।
  • पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!