माघे सङ्क्रान्ति नजिकिँदै गर्दा काठमाडौँ टोखाको न्हुछें टोखा चाकु उद्योगमा चाकु बनाउन पकाएको सख्खर माड्दै व्यवसायी।

यतिबेला उनीहरुलाई चाकु बनाउन भ्याइ नभ्याई भएको छ । टोखाका चाकु उद्योगमा सादा चाकु, मसला चाकु, स्पेशल चाकु, खुवा चाकु र भुजाको लड्डु, पुष्टकारी, गुडँपाक, तिलौरा लड्डु उत्पादन गरिन्छ ।

टोखा चाकु उत्पादनका लागि प्रख्यात मानिन्छ ।

तस्बिरः हरिराम भेटुवाल
प्रतिक्रिया दिनुहोस