२०८३, भाद्र १ गते

विनोद चौधरी दोस्रो विशेष महाधिवेशनमा सहभागिता जनाउन पुगे

आइतवार , पौष २७, २०८२

नेपाली कांग्रेसका निवर्तमान सांसद विनोद चौधरी पार्टीको जारी दोस्रो विशेष महाधिवेशनको पक्षमा खुलेका छन्। महाधिवेशनमा सक्रिय सहभागिता जनाउने उद्देश्यसहित उनी काठमाडौंको भृकुटीमण्डप पुगेका हुन्। नवलपरासी निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित चौधरी यसअघि पार्टी सभापति शेरबहादुर देउवा निकट नेताका रूपमा परिचित थिए। विशेष महाधिवेशनको विषयमा यसअघि मौन रहँदै आएका चौधरीको खुला समर्थनले महाधिवेशनलाई थप बल पुगेको कांग्रेस नेताहरूको भनाइ छ। उनको उपस्थितिलाई पार्टीभित्रको एकताको सन्देशका रूपमा पनि हेरिएको छ। दोस्रो विशेष महाधिवेशनले संगठन सुदृढीकरणका साथै आगामी राजनीतिक यात्राका लागि महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!