बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानको शपथ ग्रहण समारोह आज हुने भएको छ । ढाकामा हुने सपथग्रहण कार्यक्रममा नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी हुने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री शर्मालाई उक्त कार्यक्रममा सहभागी हुन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिएका हुन्।
फेब्रुअरी १२ मा सम्पन्न आम निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले दुई तिहाइभन्दा बढी सिट जितेको थियो। सोही आधारमा बीएनपीका प्रमुख तारिक रहमान आज प्रधानमन्त्री पदको शपथ लिँदै छन् । पार्टीले उनलाई संसदीय दलको नेतामा चयन गर्दै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेको छ।
रहमान पूर्व प्रधानमन्त्री खालिजा जियाका छोरा हुन्। शपथ ग्रहण समारोहका लागि अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले नेपालसहित चीन, साउदी अरेबिया, भारत, पाकिस्तान, टर्की, यूएई, कतार, मलेसिया, ब्रुनेई, श्रीलंका, माल्दिभ्स र भुटान का सरकार प्रमुखहरूलाई निमन्त्रणा पठाएका थिए। आज बंगलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालका तर्फबाट परराष्ट्र मन्त्री सहभागी हुने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस