२०८३, भाद्र १ गते

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला

आइतवार , श्रावण २४, २०८३

तीन दिनदेखि सम्पर्कविहीन कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता ६५ वर्षीय किरण सिंह मृत अवस्थामा फेला परेका छन्। सिंहको शव आइतबार दिउँसो जिल्लाको गोरुसिंगे जंगलमा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु–३ स्थित आफ्नो घरबाट निस्किएका थिए। त्यसपछि उनी परिवार तथा आफन्तको सम्पर्कमा आएका थिएनन्।

उनले प्रयोग गर्ने लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगल क्षेत्रमा रोकिएको अवस्थामा फेला परेको थियो। मोटरसाइकल भेटिएपछि प्रहरीले सिंहको खोजी तीव्र बनाएको थियो।

खोजीका क्रममा आइतबार जंगल क्षेत्रमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा कपिलवस्तु नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। उनी नेपाली कांग्रेसमा सक्रिय नेताका रूपमा समेत परिचित थिए।
 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!