२०८३, भाद्र १ गते

नाइमा एक्स्पोमा एथरको धमाका, नयाँ 450X मा यस्ता छन् स्मार्ट फिचर

मंगलवार , श्रावण २६, २०८३

वैद्य इनर्जी प्रालिअन्तर्गत नेपालमा Ather Energy को आधिकारिक वितरक Ather Nepal ले NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२६ मा नयाँ Ather 450X Overtones Series सार्वजनिक गरेको छ।

अगस्ट ११ देखि १६ सम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको एक्स्पोमा Ather ले नयाँ 450X Overtones का साथै 450 सिरिजमा उपलब्ध Magic Twist, Infinite Cruise र Voice on Ather जस्ता नयाँ प्रविधि पनि प्रदर्शनमा राखेको छ।

Hall C को Stall C2 मा रहेको Ather को स्टलमा आगन्तुकले नयाँ स्कुटर तथा प्रविधिको प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।

नयाँ डिजाइनमा Ather 450X Overtones

नयाँ 450X Overtones Series ले Ather को performance scooter lineup मा नयाँ डिजाइन भाषा प्रस्तुत गरेको कम्पनीले जनाएको छ।

450 को तीक्ष्ण तथा futuristic silhouette लाई कायम राख्दै Overtones Series मा tone-on-tone design सहित Still White, Space Grey र Lunar Grey गरी तीन नयाँ colourway उपलब्ध गराइएको छ।

आधुनिक texture र design detailing मार्फत स्कुटरको aerodynamic स्वरूपलाई थप आकर्षक बनाइएको कम्पनीको भनाइ छ।

Magic Twist ले बदल्नेछ ब्रेकिङ अनुभव

Ather ले 450 Series मा ल्याएको Magic Twist ले throttle लाई पछाडितर्फ twist गरेर स्कुटरको गति घटाउन सकिने सुविधा प्रदान गर्छ।

यसले electric motor मार्फत गति घटाउँदै regenerative braking प्रयोग गरेर ऊर्जा पुनः प्राप्त गर्छ। कम्पनीका अनुसार यसले दैनिक stop-and-go traffic मा राइडिङलाई सहज र नियन्त्रित बनाउन सहयोग गर्छ।

परम्परागत regenerative braking भन्दा फरक रूपमा Magic Twist ले स्कुटरलाई पूर्ण रूपमा रोक्नसमेत सहयोग गर्ने र battery पूर्ण चार्ज भएको अवस्थामा पनि काम गर्ने कम्पनीले जनाएको छ।

Infinite Cruise ले लामो दूरीको यात्रा सहज बनाउने

Infinite Cruise लामो दूरी तथा स्थिर ट्राफिकमा समान गति कायम राख्न डिजाइन गरिएको सुविधा हो। यसले राइडरलाई लगातार throttle input दिइरहनुपर्ने आवश्यकता घटाउँदै स्थिर गतिमा यात्रा गर्न सहयोग गर्नेछ। यसबाट लामो दूरीको यात्रा थप आरामदायी हुने अपेक्षा गरिएको छ।

ath.png

Voice on Ather : अब स्कुटरसँग आवाजमै कुराकानी

AtherStack 7.0 द्वारा सञ्चालित Voice on Ather पनि 450 Series मा प्रस्तुत गरिएको छ। Compatible Bluetooth headset वा smart helmet मार्फत राइडरले आवाजको माध्यमबाट destination खोज्न, navigation सुरु गर्न, charging station पत्ता लगाउन तथा समर्थित scooter settings नियन्त्रण गर्न सक्नेछन्। यसले स्कुटर चलाउँदा पटक–पटक dashboard हेर्नुपर्ने आवश्यकता कम गर्ने कम्पनीको दाबी छ।

6 kW Fast Charger पनि सार्वजनिक

Ather ले आफ्नो charging ecosystem लाई थप विस्तार गर्दै नयाँ 6 kW Fast Charger समेत सार्वजनिक गरेको छ। कम्पनीका अनुसार उक्त charger ले करिब १० मिनेटमै ३० किलोमिटरसम्मको riding range थप्न सक्ने क्षमता राख्छ। तीव्र charging सुविधाले ग्राहकका लागि charging अनुभव सहज बनाउने तथा नेपालमा EV charging infrastructure विस्तारमा सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।

New Project (8).png

३ लाख ३४ हजार ९ सयबाट Ather 450 Series

नेपालमा नयाँ Ather 450X Overtones Series अगस्ट ११, २०२६ देखि उपलब्ध हुने कम्पनीले जनाएको छ। नेपालमा Ather 450 Series को सुरुवाती मूल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ रहेको छ भने Rizta Series को सुरुवाती मूल्य ३ लाख १४ हजार ९ सय रुपैयाँ रहेको छ।

Ather ले performance-focused 450 Series र family-oriented Rizta Series मार्फत फरक आवश्यकता भएका ग्राहकलाई electric scooter का विकल्प उपलब्ध गराउँदै आएको छ।

Ather स्कुटर जित्ने अवसर

NAIMA 2026 मा Ather Nepal ले आफ्नो Ather Giveaway Campaign समेत सञ्चालन गरेको छ। Ather को Stall C2 मा पुग्ने आगन्तुकले सामाजिक सञ्जालमा आधारित प्रतियोगितामार्फत brand-new Ather scooter जित्ने अवसर पाउनेछन्।

प्रतियोगितामा सहभागी हुन Facebook, Instagram र TikTok मा Ather Energy Nepal का आधिकारिक पेज फलो गर्नुपर्नेछ। त्यसपछि Ather को स्टलमा रहेको कुनै पनि स्कुटरसँग फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरी @AtherEnergyNepal लाई tag गर्नुपर्नेछ र दुई जना साथीलाई समेत tag गर्नुपर्नेछ।

कम्पनीले अभियानलाई ‘एउटा फोटो, एउटा पोस्ट, एउटा भाग्यशाली विजेता’का रूपमा अघि बढाएको छ।

New Project (10).png

CEO वैद्य भन्छन्– नयाँ प्रविधिले राइडिङ अनुभव थप सहज बनाउँछ

वैद्य इनर्जी प्रालिका CEO Suryansh Vaidya ले 450 Series ले सुरुदेखि नै performance लाई प्रतिनिधित्व गर्दै आएको र Ather ले त्यसलाई निरन्तर विकास गर्दै आएको बताए।

उनका अनुसार नयाँ Overtones ले 450X मा नयाँ डिजाइन प्रस्तुत गर्नुका साथै Magic Twist, Infinite Cruise र Voice on Ather जस्ता सुविधाले दैनिक राइडिङलाई थप सहज र सुविधाजनक बनाउनेछन्।

नयाँ 6 kW Fast Charger सहित Ather ले नेपाली ग्राहकका लागि नयाँ प्रविधि र अनुभव प्रस्तुत गरेको भन्दै उनले NAIMA Mobility Expo यी प्रविधि प्रत्यक्ष अनुभव गर्ने उत्कृष्ट अवसर भएको बताए।

नेपालमा electric mobility को बजार विस्तार भइरहेका बेला Ather ले नयाँ डिजाइन, स्मार्ट प्रविधि र charging ecosystem विस्तारमार्फत नेपाली EV बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउने प्रयास गरेको देखिन्छ।

New Project (9).png

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!