होमपेज > काठमाडौंको न्यूनतम तापक्रम बढ्यो: दिउँसो पानी पर्ने सम्भावना

काठमाडौंको न्यूनतम तापक्रम बढ्यो: दिउँसो पानी पर्ने सम्भावना

बिज्ञापन

काठमाडौंको न्यूनतम तापक्रम शुक्रबारको तुलनामा बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन भएको छ।

शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको थियो। त्यसअघि बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसम, बुधबार ७.५ डिग्री सेल्सियस, सोमबार र मंगलबार ४.८ डिग्री सेल्सियस मापन भएको थियो। शनिबार काठमाडौंको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियसबीच रहने अनुमान छ।

पश्चिमी न्यूनचापीय प्रणालीका कारण पश्चिम नेपालमा वर्षा भइरहेको छ। वर्षाका कारण पश्चिम नेपालका भूभागहरूमा पनि तापक्रम घटेको छ। हुम्लाको सिमिकोटमा शनिबार बिहान माइनस १.२ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको मौसमविद् मानन्धरले जानकारी दिइन्। उक्त प्रणाली पश्चिमदेखि पूर्वतिर सर्ने क्रममा रहेका कारण त्यसकै प्रभावले दिउँसो काठमाडौंमा छिटपुट वर्षा हुने सम्भावना रहेको मानन्धरले जानकारी दिइन्।

‘दिउँसोपछि वर्षा हुने सम्भावना बढी छ। १०/११ बजेपछाडि वर्षाको सम्भावना बढेर जान्छ। ठूलो वर्षा होइन, छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहन्छ,’ मौसमविद् मानन्धरले भनिन्। वर्षाका कारण अधिकतम तापक्रम भने घट्ने सम्भावना छ। ‘बादल लागेपछि न्यूनतम तापक्रम केही बढेको जस्तो हुन्छ। बादल लागेर घाम नलागेपछि दिउँसोको तापक्रम बढ्न नपाएर अधिकतम तापक्रम चाहीँ घट्ने हुन्छ,’ उनले भनिन्।

आइतबार बिहान पनि काठमाडौंमा बदलीको सम्भावना छ। भोलि दिउँसोपछि क्रमिक रूपमा सुधार हुने मौसमविद् मानन्धरले जानकारी दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नाबिल बैंकले आफ्ना कर्मचारीको जीवन बीमा गराउँदै, बीमा कम्पनीसँग प्रस्ताव आह्वान
  2. तराई–मधेशको तनावप्रति उद्योगी–व्यवसायीको चिन्ता, सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल
  3. सुनसरी–सिरहा घटनाप्रति सरकार गम्भीर, निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुने: प्रधानमन्त्री बालेन्द्र शाह (पूर्णपाठ)
  4. राष्ट्र बैंकले २४ अर्बभन्दा बढी रकम बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने
  5. सिरहाको गोलबजारमा प्रदर्शन हिंसात्मक, प्रहरीको गोलीबाट एक युवकको मृत्यु
  6. अब १० वर्षका लागि लाइसेन्स नवीकरण गर्न सकिने, म्याद सकिन लागेको लाइसेन्स तत्काल नवीकरण गर्न विभागको आग्रह
  7. लगातार चौथो दिन घट्यो नेप्से, कारोबार रकम पनि ३.३८ अर्बमा सीमित
  8. सुनसरी घटनामा मृतकको संख्या दुई पुग्यो, उपचाररत जयप्रकाश मेहताको पनि मृत्यु
  9. जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
  10. १० लघुवित्त पीडितसँग वार्ताका लागि अर्थमन्त्रीले गठन गरे समिति
  11. ११ सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था उल्लंघन गर्ने तीन ब्रोकर कम्पनीलाई सेबोनको कारबाही
  12. १२ एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता
  13. १३ स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
  14. १४ एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
  15. १५ ऋण असुलीबाट शिव शिखरका ५६ बचतकर्तालाई रकम फिर्ता