होमपेज > हरेक ठाउँमा लगभग विद्युत पुगिसकेको छ: कुलमान घिसिङ

हरेक ठाउँमा लगभग विद्युत पुगिसकेको छ: कुलमान घिसिङ

बिज्ञापन

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरेक ठाउँमा लगभग विद्युत पुगिसकेको बताएका छन्।

शनिबार डायस्पोरा नेपालीहरुको नयाँ संस्था युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन(यूएनडीओ)को पहिलो अन्तर्राष्ट्रिय महाधिवेशनको प्यानल डिस्कसनमा बोल्दै उनले पहिला लोडसेडिङको अवस्थामा रहेको नेपाल अहिले यसबाट अगाडि बढिसकेको बताएका हुन्। उनले भने, ‘हिजोको अवस्थाबाट हामी आजको अवस्थामा आइपुगेका छौं। पहिला लोडसेडिङको अवस्था थियो। अहिले हामी यो बाट निकै अगाडि बढिसकेका छौं। हरेक गाउँगाउँमा विद्युत पुगिसकेको अवस्था छ। केही विकट ठाउँहरुमा पुग्न बाँकी छ।’

यसैगरी उनले अहिले उत्पादित भइरहेको विजुली करिव करिव ३५ सय मेगावाटको हाराहारीमा रहेको बताए। उनले ३५ सय मेगावाटको हाराहारीमा विजुली हुँदा पनि ड्राइ सिजनमा नपुग्ने अवस्था रहेको बताए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सुशीलबाबु ढकालले भौतिक पूर्वाधारका कामहरु गर्न बजेटको अभाव रहेको बताए। उनले डायस्पोराका नेपालीहरुले नेपालको उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरे।

नेपाल सरकारका सहसचिव कुबेर नेपालीले विद्युतीय सवारी साधनका कारण प्रदूषण घटेको र सार्वजनिक यातायात व्यवस्थित हुँदै गएको बताए। त्यस्तै जलवायू परिवर्तन र बसाइँ सराइ विषयको प्यानल डिस्कसनमा विज्ञ अमिना महर्जन, पत्रकार कुन्द दिक्षित, विज्ञ डा. गणेश गुरुङ, वातावरण मन्त्रालयका नरेश शर्माले जलवायू परिवर्तनको जोखिमबारे आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
  2. यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान
  3. प्रधानमन्त्रीसँग आर्थिक एजेन्डामा नजिकको समन्वय छ, बजारका हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री वाग्ले
  4. भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि
  5. असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा
  6. दिगो कृषि विकासका लागि कृषि विकास बैंक र एएफयूबीच समझदारी
  7. मन्त्रीका स्वकीय र सल्लाहकारले मन्त्रालय भरिए : कुलमान घिसिङ
  8. आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  9. लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग
  10. १० रुससँग सहकार्य गरेर हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने नेपालको प्रस्ताव
  11. ११ किन डुबानमा पर्‍यो माइतीघर?, अध्ययन प्रतिवेदनले के भन्छ ?
  12. १२ नेप्सेको सीईओका लागि आवेदन आह्वान, के-के चाहिन्छ योग्यता?
  13. १३ सुन तोलामै ४३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?
  14. १४ नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्याय, कहिलेसम्म लाग्दैन शुल्क ?
  15. १५ अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग बजेट कार्यान्वयनबारे छलफल गर्ने