होमपेज > फतुवा विजयपुरका मेयर यादवसहित २१ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

फतुवा विजयपुरका मेयर यादवसहित २१ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

बिज्ञापन

रौतहटको फतुवा विजयपुर नगरपालिका, रौतहटका मेयर गोपाल राय यादवसहित २१ जना भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य खुशीप्रसाद थारुको संयुक्त इजलासले मेयर यादवसहित २१ जनालाई दोषी ठहर गरेको हो ।

ऐन नियम विपरीत लालबकैया नदीको ठेक्का लगाएको ठहर गर्दै अख्तियारले मेयर यादवसहित २१ जनाविरुद्ध १२ असार २०७९ मा १ करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ विगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

मुद्दामा मेयर गोपाल यादव, तत्कालीन उपमेयर कान्तीदेवी, तत्कालीन वडाअध्यक्षहरु भविछन राय, सञ्जयप्रसाद शेख, एजाज अहमद, दीपनारायण साह, उमाशंकर साह कलवार, हिरा राय यादव, योगेन्द्र चौधरी, ज्ञानेन्द्र चौधरीलाई विपक्षी बनाइएको थियो ।

यस्तै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागरकुमार रोक्का, निमित्त प्रमुख प्रशासकिय अधिकृत गोकुल ढुंगेल र निमित्त प्रमुख प्रशासकीय अधिकृत रञ्जना साहविरुद्ध पनि मुद्दा दायर गरेको थियो ।

गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकास्थित लालबकैया नदीको ठेक्का गैर कानुनी रुपमा रद्द गरी नगरपालिकालाई नोक्सानी पुर्‍याएको आरोप उनीहरुमाथि लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति, चिकित्सकको आन्दोलन स्थगित
  2. प्रभु बैंककी पूर्व सीबीओ रश्मी पन्त पक्राउ
  3. माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर
  4. सरकारले नौ विधेयक संसद्मा पेस गर्ने, विदेशी विनिमय कसुर अनुसन्धानका लागि अधिकारी तोक्ने
  5. निर्जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे ५० अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क
  6. कुमारी बैंकको मोबाइल बैंकिङ एपमा अब अन्तर्राष्ट्रिय ईसिम र ड्राइभिङ परमिट सेवा
  7. आज पनि घट्यो शेयर बजार, ४ अर्ब २ करोडको कारोबार
  8. लगातार तेस्रो दिन घटेको नेप्से २६८८ विन्दुमा झर्‍यो
  9. नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो, अब संरक्षणसँगै व्यवस्थापनमा जोड
  10. १० सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल
  11. ११ आज घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो
  12. १२ माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)
  13. १३ सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको मुख्य दायित्व : रवि लामिछाने
  14. १४ नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  15. १५ सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?