होमपेज > सपना पूरा गर्न विदेश जानुपर्ने बाध्यता अन्त्य गर्ने आधार बजेटले तयार गरेको छ: अर्थमन्त्री वाग्ले

सपना पूरा गर्न विदेश जानुपर्ने बाध्यता अन्त्य गर्ने आधार बजेटले तयार गरेको छ: अर्थमन्त्री वाग्ले

बिज्ञापन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली युवाले आफ्नो सपना पूरा गर्न अनिवार्य रूपमा विदेशिनुपर्ने अवस्था अन्त्य गर्ने दिशामा सरकारले काम सुरु गरेको बताएका छन्। उनले आगामी आर्थिक वर्षको बजेटलाई त्यसको प्रारम्भिक आधारका रूपमा प्रस्तुत गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ लाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले पछिल्ला डेढ-दुई दशकदेखि युवाहरू अवसरको खोजीमा विदेशिन बाध्य भएको उल्लेख गरे। अब भने देशभित्रै अवसर सिर्जना गरी युवालाई आफ्नै भूमिमा भविष्य निर्माण गर्न सक्ने वातावरण बनाउने लक्ष्यसहित बजेट ल्याइएको उनको भनाइ थियो।

“पछिल्लो १५–२० वर्षदेखि युवाहरू आफ्नो सपना पूरा गर्न विदेश जानुपर्ने बाध्यतामा परेका छन्। अब त्यस्तो अवस्था दोहोरिन नदिन आवश्यक आधार तयार गर्ने काम बजेटमार्फत सुरु गरेका छौँ,” उनले भने। उनले आगामी पाँच वर्षभित्र यस प्रयासलाई ठोस निष्कर्षमा पुर्‍याउने लक्ष्य सरकारको रहेको पनि बताए।

देशभरबाट सहभागी युवा उद्यमीहरूलाई सम्बोधन गर्दै मन्त्री वाग्लेले कर प्रणालीमा सुधार, उद्यमी तथा व्यवसायीका लागि सहुलियत, सरकारी सेवाको डिजिटलाइजेसन र सुशासनलाई प्राथमिकतामा राखेर बजेट तयार गरिएको बताए। यस्ता कार्यक्रमले देश निर्माणको नयाँ मार्ग प्रशस्त गर्ने उनको विश्वास छ।

उनका अनुसार करका दरहरू पुनरावलोकन गरी वार्षिक एक लाख रुपैयाँसम्म आम्दानी गर्ने युवालाई करको झन्झटबाट मुक्त गरिएको छ। साथै, कर तथा बक्यौता सम्बन्धी समस्यामा परेका उद्योगी–व्यवसायीलाई नयाँ सुरुवात गर्ने अवसर दिन विभिन्न सहुलियतपूर्ण व्यवस्था पनि बजेटमा समावेश गरिएको छ।

अर्थमन्त्री वाग्लेले बजेट निर्माणका क्रममा युवाको उद्यमशील सोच, नवप्रवर्तन र व्यवसायिक योजनालाई प्रोत्साहन गर्ने विषयलाई विशेष महत्व दिइएको बताए। उनले घोषणा गरिएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनबाट देशभित्रै रोजगारी, लगानी र उद्यमशीलताको वातावरण थप सुदृढ हुने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति, चिकित्सकको आन्दोलन स्थगित
  2. प्रभु बैंककी पूर्व सीबीओ रश्मी पन्त पक्राउ
  3. माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर
  4. सरकारले नौ विधेयक संसद्मा पेस गर्ने, विदेशी विनिमय कसुर अनुसन्धानका लागि अधिकारी तोक्ने
  5. निर्जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे ५० अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क
  6. कुमारी बैंकको मोबाइल बैंकिङ एपमा अब अन्तर्राष्ट्रिय ईसिम र ड्राइभिङ परमिट सेवा
  7. आज पनि घट्यो शेयर बजार, ४ अर्ब २ करोडको कारोबार
  8. लगातार तेस्रो दिन घटेको नेप्से २६८८ विन्दुमा झर्‍यो
  9. नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो, अब संरक्षणसँगै व्यवस्थापनमा जोड
  10. १० सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल
  11. ११ आज घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो
  12. १२ माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)
  13. १३ सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको मुख्य दायित्व : रवि लामिछाने
  14. १४ नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  15. १५ सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?