होमपेज > एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

बिज्ञापन

नेकपा (एमाले)की सचिव तथा प्रतिनिधिसभा सदस्य पद्माकुमारी अर्यालले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङले राजीनामा दिनुपर्ने बताएकी छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर नागरिकको मृत्यु भएको घटनामा प्रधानमन्त्री र गृहमन्त्रीको जवाफदेहिता रहने भन्दै राजीनामा दिनुपर्ने कि नपर्ने भन्ने प्रश्न उठाइन्।

उनले २०८२ भदौ २३ गते काठमाडौंमा गोली चलेको घटनापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई नैतिक रूपमा जिम्मेवार ठहर गरिएको प्रसंग स्मरण गराउँदै अहिलेको घटनामा पनि समान मापदण्ड लागू हुनुपर्ने बताइन्।

“काठमाडौंमा गोली चल्दा र मान्छे मर्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले जवाफदेही हुनुपर्छ भन्दै थुनामा बस्नुपर्छ भनिएको थियो,” उनले भनिन्, “आज सुनसरीमा गोली चल्दा र मान्छे मर्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ कि पर्दैन ? थुना बस्नुपर्छ कि पर्दैन ?”

अर्यालले मुलुकमा अशान्ति फैलिरहेका बेला प्रधानमन्त्री जनतामाझ उपस्थित हुनुपर्ने बताइन्। प्रधानमन्त्रीको पद सिंहदरबारमा बस्नका लागि मात्र नभई नागरिकसँग संवाद गर्न र नेतृत्वदायी भूमिका निर्वाह गर्नका लागि भएको उनको भनाइ थियो। उनले जनताको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न एमाले सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको पनि बताइन्।

यसैगरी, अर्यालले सरकारले लोक सेवा आयोगमार्फत हुने नयाँ पदपूर्ति प्रक्रिया रोकेको भन्दै तत्काल लोक सेवा खुलाउन माग गरिन्। सरकारले युवालाई रोजगारी र प्रतिभाको सम्मानको कुरा गरे पनि खुला प्रतिस्पर्धाको अवसर बन्द गरेर युवाको भविष्य अन्योलमा पारेको उनले बताइन्।

“के यो देशका दक्ष र बौद्धिक नागरिक यही देशमा नबसून् भन्ने सरकारको आशय हो ?” उनले भनिन्, “युवा लोक सेवाको तयारी गरिरहेका बेला सरकारले अचानक प्रक्रिया रोकेको छ। त्यसैले लोक सेवा तत्काल खोल्नुपर्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. लघुवित्त पीडितसँग वार्ताका लागि अर्थमन्त्रीले गठन गरे समिति
  2. सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था उल्लंघन गर्ने तीन ब्रोकर कम्पनीलाई सेबोनको कारबाही
  3. एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता
  4. स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
  5. एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
  6. ऋण असुलीबाट शिव शिखरका ५६ बचतकर्तालाई रकम फिर्ता
  7. सप्तरीको पनसेरामा नवनिर्मित ३३-११ केभी सबस्टेसन सञ्चालनमा
  8. सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति, चिकित्सकको आन्दोलन स्थगित
  9. प्रभु बैंककी पूर्व सीबीओ रश्मी पन्त पक्राउ
  10. १० माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर
  11. ११ सरकारले नौ विधेयक संसद्मा पेस गर्ने, विदेशी विनिमय कसुर अनुसन्धानका लागि अधिकारी तोक्ने
  12. १२ निर्जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे ५० अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क
  13. १३ कुमारी बैंकको मोबाइल बैंकिङ एपमा अब अन्तर्राष्ट्रिय ईसिम र ड्राइभिङ परमिट सेवा
  14. १४ आज पनि घट्यो शेयर बजार, ४ अर्ब २ करोडको कारोबार
  15. १५ लगातार तेस्रो दिन घटेको नेप्से २६८८ विन्दुमा झर्‍यो