होमपेज > सिरहाको गोलबजारमा प्रदर्शन हिंसात्मक, प्रहरीको गोलीबाट एक युवकको मृत्यु

सिरहाको गोलबजारमा प्रदर्शन हिंसात्मक, प्रहरीको गोलीबाट एक युवकको मृत्यु

बिज्ञापन

सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शन हिंसात्मक बन्दा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ। घटनापछि स्थानीय प्रशासनले गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार प्रहरीको गोली लागेर १९ वर्षीय गणेश यादवको मृत्यु भएको हो। उनको शव स्थानीय अस्पतालमा राखिएको छ।

घटनामा गोली लागेर अन्य केही व्यक्ति पनि घाइते भएका छन्। एक जना घाइतेलाई थप उपचारका लागि नेपाली सेनाले अस्पताल पुर्‍याएको प्रशासनले जनाएको छ। स्थानीयका अनुसार केही घाइते प्रदर्शनकारी घटनास्थलमै सडकमा लडेका थिए।

दुई समुदायबीच बढ्दो तनाव नियन्त्रणबाहिर जाने संकेत देखिएपछि प्रहरीले गोली चलाएको जनाइएको छ। सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा आइतबार रातिदेखि सुरु भएको तनाव मधेश प्रदेशका विभिन्न जिल्लामा फैलिँदै जाँदा हिंसात्मक घटना पनि बढ्न थालेका छन्।

प्रदर्शनका क्रममा गोलबजारमा पार्किङमा राखिएका ११ वटा मोटरसाइकलमा आगजनी गरिएको छ। आगो गोलबजार नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

स्थिति थप तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। यसैबीच, मधेश प्रदेशको राजधानी जनकपुरधाम सहित केही क्षेत्रमा पनि दुई समुदायबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार दिउँसोदेखि कर्फ्यु लागू गरेको छ।

प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न, कर्फ्यु आदेशको पालना गर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सिरहाको गोलबजारमा प्रदर्शन हिंसात्मक, प्रहरीको गोलीबाट एक युवकको मृत्यु
  2. अब १० वर्षका लागि लाइसेन्स नवीकरण गर्न सकिने, म्याद सकिन लागेको लाइसेन्स तत्काल नवीकरण गर्न विभागको आग्रह
  3. लगातार चौथो दिन घट्यो नेप्से, कारोबार रकम पनि ३.३८ अर्बमा सीमित
  4. सुनसरी घटनामा मृतकको संख्या दुई पुग्यो, उपचाररत जयप्रकाश मेहताको पनि मृत्यु
  5. जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
  6. लघुवित्त पीडितसँग वार्ताका लागि अर्थमन्त्रीले गठन गरे समिति
  7. सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था उल्लंघन गर्ने तीन ब्रोकर कम्पनीलाई सेबोनको कारबाही
  8. एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता
  9. स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
  10. १० एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
  11. ११ ऋण असुलीबाट शिव शिखरका ५६ बचतकर्तालाई रकम फिर्ता
  12. १२ सप्तरीको पनसेरामा नवनिर्मित ३३-११ केभी सबस्टेसन सञ्चालनमा
  13. १३ सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति, चिकित्सकको आन्दोलन स्थगित
  14. १४ प्रभु बैंककी पूर्व सीबीओ रश्मी पन्त पक्राउ
  15. १५ माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर