२०८३, भाद्र १ गते

दुर्घटनामा दुई बालकको मृत्यु

मंगलवार , पौष ९, २०८१

कपिलवस्तुमा दुई छुट्टा-छुट्टै स्थानमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका-६ सेमरीमा लक्ष्मीनगरतर्फ जाँदै गरेको लु.२ त ९६८५ नम्बरको ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालक अवरोज अन्सारीको मृत्यु भएको छ। प्रहरीले जनाएको अनुसार ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका अवरोज अन्सारीको कपिलबस्तु अस्पताल तौलीहवामा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। थप अनुसन्धान भइरहेको छ। यसैगरी, दुर्घटना बाणगंगा नगरपालिका-८ चप्परगाउँमा जिपको ठक्करबाट ३ वर्षीय अप्सना भुसालको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु।३ च ३३९५ नम्बरको डबल क्याप जिपले उनलाई ठक्कर दिएको थियो। ठक्करबाट भुसालसँगै उनकी आमा रिता भुसाल पनि घाइते भएकी थिइन्। घाइते रिता भुसाललाई उपचारपछि घर रिफर गरिएको छ। घटना सोमबार बिहान करिब १० बजेको हो। जिप चालक र गाडीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छकपिलवस्तुमा दुई छुट्टा-छुट्टै स्थानमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।कपिलवस्तु नगरपालिका-६ सेमरीमा लक्ष्मीनगरतर्फ जाँदै गरेको लु.२ त ९६८५ नम्बरको ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालक अवरोज अन्सारीको मृत्यु भएको छ। प्रहरीले जनाएको अनुसार ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका अवरोज अन्सारीको कपिलबस्तु अस्पताल तौलीहवामा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। थप अनुसन्धान भइरहेको छ। यसैगरी, दुर्घटना बाणगंगा नगरपालिका-८ चप्परगाउँमा जिपको ठक्करबाट ३ वर्षीय अप्सना भुसालको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु.३ च ३३९५ नम्बरको डबल क्याप जिपले उनलाई ठक्कर दिएको थियो। ठक्करबाट भुसालसँगै उनकी आमा रिता भुसाल पनि घाइते भएकी थिइन्। घाइते रिता भुसाललाई उपचारपछि घर रिफर गरिएको छ। घटना सोमबार बिहान करिब १० बजेको हो। जिप चालक र गाडीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!