२०८३, भाद्र १ गते

साताको अन्तिम दिन २४ अंकले घट्यो नेप्से, कुन कम्पनिको कतिको भयो कारोबार? हेर्नुहोस्

बिहिवार , आषाढ ५, २०८२

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २४.५९ अंकले घटेर २६२८.९१ को विन्दुमा कायम भएको छ । यसदिन ३१४ कम्पनीको २ करोड ९४ लाख १५ हजार ४०७ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब २३ करोडको शेयर कारोबार भएको छ । यसदिन पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । दोस्रोमा मध्यभोटेकोशीका लगानीकर्ताले ५.५५ प्रतिशतका दरले कमाएका छन् । आज सर्वाधिक गुमाउनेमा पियोर इनर्जी र रसुवागढी हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । यसदिन ङादी ग्रुप पावरको सर्वाधिक ८५ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यसपछि बुटवल पावर कम्पनीको ५८ करोड रुपैयाँ र सिंगटी हाइड्रोको ४७ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!