२०८३, भाद्र १ गते

सामान्य अंकले बढ्यो शेयर बजार, कुन कम्पनिको कतिको भयो कारोबार? हेर्नुहोस्

सोमवार , आषाढ ९, २०८२

शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले बढेर बन्द भएको छ। परिसूचक ४.७८ अंकले बढेर २६००.७६ विन्दुमा उक्लिएको छ। अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा झरेको थियो। नेप्से परिसूचक सामान्य अंकले बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ। यसदिन ३२५ स्क्रिप्सको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ रुपैयाँमा खरिदबिक्री भए। आइतबार ९ अर्ब माथिको शेयर किनबेच भएको थियो। आज कुनै पनि कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। जोशी हाइड्रोपावर डेभलपमेन्टको शेयर सर्वाधिक ९.९८ प्रतिशतले बढ्दा पञ्चकन्या माइ हाइड्रोपावरको ९.४२ प्रतिशतले बढ्यो। गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको शेयर १० प्रतिशतले घट्यो। राधी विद्युत ५२ करोड १८ लाख मूल्य बराबरको शेयर कारोबार गरी शीर्षस्थानमा रह्यो। यसैगरी नगदी ग्रुपले ३३ करोडको शेयर कारोबार गर्दा सानिमा माइ हाइड्रोपावरले २८ करोड र हिमालयन पावरले २६ करोड मूल्य बराबरको शेयर कारोबार गरे। कारोबारमा आएकामध्ये १२३ स्टक्सको मूल्य बढ्दा १२४ वटाको घट्यो। १ स्टकको मूल्य भने स्थिर रह्यो। सातवटा समूहको उपसूचक बढ्दा बाँकीको घट्यो। ट्रेडिङ समूहको उपसूचक सर्वाधिक २.२० प्रतिशतले बढ्दा बैंकिङ,फाइनान्स,होटल्स एण्ड टुरिजम,हाइड्रोपावर, इन्भेस्टमेन्ट,माइक्रो फाइनान्सको शेयर ०.९० प्रतिशतसम्म बढ्यो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!