२०८३, भाद्र १ गते

पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको निधन

शुक्रवार , श्रावण २३, २०८२

नेपाली कांग्रेसका पुराना नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको ६७ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि क्यान्सरबाट पीडित बस्यालको आज बिहान ८ः५० बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३, तातापानीस्थित आफ्नै निवासमा निधन भएको हो। वि.सं. २००८ माघ १५ गते जन्मिएका स्वर्गीय बस्याल नेपाल दलित संघका पूर्व अध्यक्ष, संविधान सभाका सदस्य (२०६४ र २०७०), नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतका पूर्व उपसभापति र नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य पनि थिए। नेपाली कांग्रेस र यसका भ्रातृ संस्थाहरूमा विभिन्न जिम्मेवारी सम्हाल्दै उनले पार्टीको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बस्यालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले भने, ‘स्वर्गीय बस्यालले नेपाली कांग्रेसको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ। उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!