२०८३, भाद्र १ गते

कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा

बिहिवार , श्रावण २८, २०८३

कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२–०८३ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । यससँगै चालु लाभांश सिजनमा लाभांश घोषणा गर्ने पहिलो बैंक बन्न सफल भएको छ ।

बैंकको सञ्चालक समितिको ४१९औँ बैठकले अग्राधिकार शेयरधनीहरूलाई अग्राधिकार शेयर बाँडफाँड भएको मितिदेखि असार मसान्त २०८३ सम्मका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश तथा साधारण शेयरधनीहरूलाई १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साउन २२ गते शुक्रबार बैंकको केन्द्रीय कार्यालयमा बसेको बैठकले लाभांश पारित गरेको थियो ।

बैठकले पारित गरेको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको २०औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीहरूले प्राप्त गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकालीले जानकारी दिए ।

गत आर्थिक वर्षमा बैंकले बोनस शेयर र नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो। यस वर्ष भने बैंकले पूर्ण रूपमा नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!