२०८३, श्रावण ३१ गते

प्रभु बैंकले ल्यायो आकर्षक घर तथा अटो लोन कर्जा योजना

शुक्रवार , श्रावण २९, २०८३

प्रभु बैंक लिमिटेडले ग्राहकको वित्तीय आवश्यकता सहज, सरल र किफायती रूपमा पूरा गर्ने उद्देश्यसहित नयाँ घर कर्जा (होम लोन) र सवारी साधन कर्जा (अटो लोन) योजना सार्वजनिक गरेको छ।

बैंकले सार्वजनिक गरेको योजनाअनुसार घर कर्जाअन्तर्गत अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ। उक्त कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ। बैंकले यस योजनामा सेवा शुल्क केवल ०.५० प्रतिशत तथा ब्याजदर औसत आधार दर (Average Base Rate) मा थप ०.५० प्रतिशत प्रतिवर्ष मात्र कायम गरेको जनाएको छ।

यो सुविधा देशभर रहेका प्रभु बैंकका ३०० शाखामार्फत उपलब्ध हुनेछ। योजनाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, मर्मतसम्भार तथा घर निर्माण प्रयोजनका लागि जग्गा खरिद गर्न चाहने ग्राहकले कर्जा सुविधा लिन सक्नेछन्।

अटो कर्जामा पनि आकर्षक ब्याजदर
प्रभु बैंकले व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै अटो कर्जा योजना पनि सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत अधिकतम ७ वर्ष अवधिसम्म कर्जा सुविधा उपलब्ध हुनेछ। अटो कर्जामा पनि सेवा शुल्क ०.५० प्रतिशत तथा ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष मात्र कायम गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार कर्जासम्बन्धी सम्पूर्ण आवश्यक कागजात पेश भएको दुई कार्यदिनभित्र नै डेलिभरी अर्डर (डीओ) उपलब्ध गराइने व्यवस्था गरिएको छ। यसले ग्राहकलाई छिटो र सहज रूपमा सवारी साधन खरिद गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।

छिटो, सरल र पारदर्शी कर्जा प्रक्रिया
प्रभु बैंकले ग्राहकलाई छिटो, सरल तथा पारदर्शी कर्जा प्रक्रिया, गुणस्तरीय सेवा र विश्वसनीय बैंकिङ अनुभव प्रदान गर्न निरन्तर प्रयासरत रहेको जनाएको छ।

बैंकका अनुसार नयाँ घर कर्जा तथा अटो कर्जा योजना देशभरका सम्पूर्ण शाखामार्फत उपलब्ध हुनेछ। योजनाबारे थप जानकारीका लागि नजिकको शाखामा सम्पर्क गर्न, प्रभु बैंकको आधिकारिक वेबसाइट मा जानकारी लिन वा ग्राहक सेवा केन्द्र ०१–५९७०४८८ मा सम्पर्क गर्न सकिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!