कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिक साधारणसभा आगामी भदौ ३१ गते आह्वान गरेको छ। बैंकका अनुसार सभा काठमाडौंको बालुवाटार रोडस्थित आम्रपाली बैंक्वेटमा हुनेछ।
सभामा नेपाल राष्ट्र बैंकबाट स्वीकृत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट अग्राधिकार शेयरधनीलाई अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत प्रतिफल वितरण गर्ने प्रस्ताव पेश गरिनेछ।त्यस्तै, बैंकका साधारण शेयरधनीलाई चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश, करसहित, वितरण गर्ने प्रस्ताव पनि सभामा पेश हुँदैछ।
सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नाफा–नोक्सान बाँडफाँट हिसाबलगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गर्नेछ। साथै बाह्य लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्ताव पनि सभामा पेश हुने बैंकले जनाएको छ।
कामना सेवा विकास बैंकले गत आर्थिक वर्षमा बोनस शेयर र नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो।वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले भदौ १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले भदौ १७ गतेसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न तथा वार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन्।
प्रतिक्रिया दिनुहोस