२०८३, भाद्र १० गते

images

नियुक्तिको १९ दिनपछि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबले सम्हालिन् जिम्मेवारी

पदभार, चार वर्षका लागि बोर्डको नेतृत्व

सोमवार , भाद्र ८, २०८३

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त याङ्की उक्याबले सोमबार पदभार ग्रहण गरेकी छन्। सरकारले नियुक्त गरेको १९ दिनपछि उक्याबले औपचारिक रूपमा जिम्मेवारी सम्हालेकी हुन्।

मन्त्रिपरिषद्को गत साउन २० गते बसेको बैठकले उक्याबलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो। बोर्डकी प्रवक्ता सुनिता नेपालका अनुसार उक्याबले सोमबारबाट औपचारिक रूपमा कार्यभार सम्हालेकी हुन्।

सरकारले उक्याबलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

उक्याब यसअघि पनि लगानी बोर्डमा रहेर लगानी प्रवर्द्धन तथा विभिन्न परियोजनासँग सम्बन्धित काममा करिब चार वर्ष अनुभव हासिल गरिसकेकी छन्। लगानीसम्बन्धी परियोजनाको पूर्वअनुभव रहेकाले उनको नेतृत्वमा बोर्डका लगानी प्रवर्द्धन, परियोजना सहजीकरण तथा ठूला पूर्वाधार आयोजनासम्बन्धी काम थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

उक्याबको कार्यकालमा लगानी बोर्डमार्फत अघि बढिरहेका ठूला लगानी परियोजनालाई गति दिने, लगानीकर्ताका समस्या सहजीकरण गर्ने तथा स्वदेशी र विदेशी लगानी आकर्षित गर्ने विषय प्रमुख प्राथमिकतामा रहने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!