होमपेज > सूर्यकुण्ड हाइड्रोको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको व्यवसायिक उत्पादन शुरु

सूर्यकुण्ड हाइड्रोको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको व्यवसायिक उत्पादन शुरु

बिज्ञापन

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा निर्माण सम्पन्न गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाले औपचारिक रुपमा व्यवसायिक उत्पादन सुरु गरेको छ।

कम्पनीका अनुसार आयोजनाले २०८२ असार १८ गते निर्माण सम्पन्न गरी १५ दिनको सफल परीक्षण सञ्चालन सकेको थियो । परीक्षण चरण सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाले २०८२ साउन १२ गते देखि नियमित रुपमा राष्ट्रिय प्रसारण प्रणालीमा बिजुली आपूर्ति गर्दै आयोजनाको व्यापारिक उत्पादन सुरुथालेको हो। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड उर्जाको विकास र सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको कम्पनी हो । यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी रहेको छ ।

आयोजनाले ३ चैत्र २०६८ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता गरेको थियो । ऊर्जा मन्त्रालयबाट आवश्यक वातावरणीय प्रारम्भिक अध्ययन (आइइइ ) २०८१ असोज ८ गते स्वीकृत भएको थियो।

त्यस्तै, ऊर्जा मन्त्रालयको विद्युत विकास विभागबाट २०७२ असोज २२ गते उत्पादन इजाजतपत्र प्राप्त भएको थियो । भौगोलिक दृष्टिले यो परियोजना वाग्मती प्रदेश, नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा अवस्थित छ । परियोजनाको इन्टेक करिब १५०० मिटर र पावरहाउस १२८२ मिटरको उचाइमा रहेको छ। पावरहाउसमा जडान गरिएका दुईवटा पेल्टन टर्बाइन युनिटहरू (प्रत्येक ५.५ मेगावाट) बाट कुल ११ मेगावाट उत्पादन हुनेगरी आयोजना डिजाइन गरिएको छ ।

डाइभर्सन बाँध र सहायक संरचना १०० वर्षको पुनरावृत्तिमा हुने बाढीलाई समेत ध्यानमा राखी डिजाइन गरिएको हो जसको परिमाण २४७ घनमिटर प्रति सेकेन्ड अनुमान गरिएको छ । नुवाकोट जिल्लाको समुन्द्रटार सबस्टेशनमा स्विचयार्डमार्फत जोडिएको आयोजनाबाट उत्पादित बिजुली ६ किलोमिटर लामो ३३ केभी ट्रान्समिशन लाइनमार्फत राष्ट्रिय ग्रिडमा आपूर्ति हुन थालेको छ।

यस प्लान्टबाट वार्षिक ६१ दशमलव ३१९ गीगावाटघण्टा विद्युत उत्पादन हुने अनुमान गरिएको छ। यसमध्ये ५० दशमलव ८९३ गीगावाटघण्टा वर्षायाममा र १० दशमलव ४२५ गीगावाटघण्टा सुख्खा मौसमी अवधिमा उत्पादन हुने अनुमान गरिएको छ।

कम्पनीको प्राथमिक सेयर निष्कासन आइपिओको प्रक्रिया अगाडी बढिसकेको छ छ र नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सफलतापूर्वक उत्पादन सुरु गरेको यस परियोजनाबाट वाग्मती प्रदेशसहित राष्ट्रिय विद्युत आपूर्तिमा थप योगदान पुग्ने अपेक्षा गरिएको कम्पनिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नाबिल बैंकले आफ्ना कर्मचारीको जीवन बीमा गराउँदै, बीमा कम्पनीसँग प्रस्ताव आह्वान
  2. तराई–मधेशको तनावप्रति उद्योगी–व्यवसायीको चिन्ता, सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल
  3. सुनसरी–सिरहा घटनाप्रति सरकार गम्भीर, निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुने: प्रधानमन्त्री बालेन्द्र शाह (पूर्णपाठ)
  4. राष्ट्र बैंकले २४ अर्बभन्दा बढी रकम बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने
  5. सिरहाको गोलबजारमा प्रदर्शन हिंसात्मक, प्रहरीको गोलीबाट एक युवकको मृत्यु
  6. अब १० वर्षका लागि लाइसेन्स नवीकरण गर्न सकिने, म्याद सकिन लागेको लाइसेन्स तत्काल नवीकरण गर्न विभागको आग्रह
  7. लगातार चौथो दिन घट्यो नेप्से, कारोबार रकम पनि ३.३८ अर्बमा सीमित
  8. सुनसरी घटनामा मृतकको संख्या दुई पुग्यो, उपचाररत जयप्रकाश मेहताको पनि मृत्यु
  9. जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
  10. १० लघुवित्त पीडितसँग वार्ताका लागि अर्थमन्त्रीले गठन गरे समिति
  11. ११ सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था उल्लंघन गर्ने तीन ब्रोकर कम्पनीलाई सेबोनको कारबाही
  12. १२ एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता
  13. १३ स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
  14. १४ एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
  15. १५ ऋण असुलीबाट शिव शिखरका ५६ बचतकर्तालाई रकम फिर्ता