होमपेज > गरिबको टेम्पो भीरबाट खसालियो, दोषीलाई कारबाही गरियोस्: हर्क साम्पाङ

गरिबको टेम्पो भीरबाट खसालियो, दोषीलाई कारबाही गरियोस्: हर्क साम्पाङ

बिज्ञापन

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ राईले कैलालीमा एक टेम्पोलाई भीरबाट खसालिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कारबाही र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। आज सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोप्रति ध्यानाकर्षण गराउँदै वन प्रहरीको उपस्थितिमा एक गरिब टेम्पो चालकको सवारीसाधन भीरबाट गुल्ट्याइएको दृश्यले आफूहरू मर्माहत भएको बताए।

उनले घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न तथा पीडित चालकलाई क्षतिपूर्ति उपलब्ध गराउन गृहमन्त्रीको ध्यानाकर्षण गराए। साम्पाङले सोही क्रममा घरको छानामाथि ढुंगा हानिएको अर्को दृश्य पनि देखिएको उल्लेख गर्दै पछिल्लो समय प्रहरीको व्यवहारप्रति चिन्ता व्यक्त गरे। नागरिकले प्रहरी देख्दा सुरक्षा र संरक्षणको अनुभूति गर्नुपर्ने भए पनि केही घटनाका कारण प्रहरीप्रति डर र त्रासको वातावरण सिर्जना भएको उनको भनाइ थियो।

“एउटा गरिब दुःखी टेम्पो चालकको टेम्पो वन प्रहरीको उपस्थितिमा भीरबाट गुल्ट्याइदिँदै गरेको भिडियो देखियो। त्यो दृश्यले हामी मर्माहत छौं। दोषीलाई कारबाही होस् र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गरियोस्,” साम्पाङले संसदमा भने।

उनले थपे, “प्रहरी देख्नेबित्तिकै शान्ति सुरक्षाको महसुस हुनुपर्ने हो। तर आजभोलि केही घटनाले प्रहरी देख्दा डर र आतंक मान्ने अवस्था सिर्जना भएको छ। यस्तो वातावरण तुरुन्त सच्याइनुपर्छ।” गत जेठ २९ गते डिभिजन वन कार्यालय कैलालीका कर्मचारीले अतिक्रमण हटाउने क्रममा गोदावरी नगरपालिका–४ मा एक महिलाको टेम्पो भीरबाट खसालिएको भिडियो सार्वजनिक भएपछि उक्त घटनाले व्यापक चर्चा पाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति, चिकित्सकको आन्दोलन स्थगित
  2. प्रभु बैंककी पूर्व सीबीओ रश्मी पन्त पक्राउ
  3. माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर
  4. सरकारले नौ विधेयक संसद्मा पेस गर्ने, विदेशी विनिमय कसुर अनुसन्धानका लागि अधिकारी तोक्ने
  5. निर्जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे ५० अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क
  6. कुमारी बैंकको मोबाइल बैंकिङ एपमा अब अन्तर्राष्ट्रिय ईसिम र ड्राइभिङ परमिट सेवा
  7. आज पनि घट्यो शेयर बजार, ४ अर्ब २ करोडको कारोबार
  8. लगातार तेस्रो दिन घटेको नेप्से २६८८ विन्दुमा झर्‍यो
  9. नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो, अब संरक्षणसँगै व्यवस्थापनमा जोड
  10. १० सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल
  11. ११ आज घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो
  12. १२ माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)
  13. १३ सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको मुख्य दायित्व : रवि लामिछाने
  14. १४ नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  15. १५ सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?