होमपेज > उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा

उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा

बिज्ञापन

जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई बिमा र धितोपत्रसम्बन्धी कसुरमा धरौटीमा छाड्न आदेश दिएको छ।

मंगलबार साउन १२ गते भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले गोल्छालाई बिमा कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

अदालतको आदेशपछि गोल्छाले दुवै कसुरबापत कुल १ करोड रुपैयाँ बराबरको बैंक जमानत बुझाएर मंगलबार नै रिहा भएका छन्।

गोल्छाविरुद्ध गत जेठ २८ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो। गोल्छा समूहका अध्यक्षसमेत रहेका गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन्।

हिमालयन रि–इन्स्योरेन्ससँग जोडिएको विषयमा केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानपछि गोल्छाविरुद्ध बिमा तथा धितोपत्रसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति, चिकित्सकको आन्दोलन स्थगित
  2. प्रभु बैंककी पूर्व सीबीओ रश्मी पन्त पक्राउ
  3. माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर
  4. सरकारले नौ विधेयक संसद्मा पेस गर्ने, विदेशी विनिमय कसुर अनुसन्धानका लागि अधिकारी तोक्ने
  5. निर्जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे ५० अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क
  6. कुमारी बैंकको मोबाइल बैंकिङ एपमा अब अन्तर्राष्ट्रिय ईसिम र ड्राइभिङ परमिट सेवा
  7. आज पनि घट्यो शेयर बजार, ४ अर्ब २ करोडको कारोबार
  8. लगातार तेस्रो दिन घटेको नेप्से २६८८ विन्दुमा झर्‍यो
  9. नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो, अब संरक्षणसँगै व्यवस्थापनमा जोड
  10. १० सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल
  11. ११ आज घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो
  12. १२ माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)
  13. १३ सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको मुख्य दायित्व : रवि लामिछाने
  14. १४ नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  15. १५ सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?